यूहन्ना 9:35-37
यूहन्ना 9:35-37 पवित्र बाइबल (NERV)
यहूदी अगुवाहरूले त्यस मानिसलाई निकालीदिएको येशूले चाल पाउनु भयो। येशूले त्यस मानिसलाई भेटेर भन्नुभयो, “तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?” त्यस मानिसले सोध्यो, “प्रभु, मानिसको पुत्र को हुन्? मलाई बातउनु होस्, तब म उहाँमा विश्वास गर्न सक्छु।” येशूले त्यस मानिसलाई भन्नुभयो, “तिमीले उसलाई देखिसकेकाछौ। मानिसको पुत्र उही हुन् जो तिमीसँग अहिले बोलिरहेकोछ।”
यूहन्ना 9:35-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो, र त्यसलाई भेट्टाएर भन्नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ?” त्यसले जवाफ दिई भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ? म उहाँमाथि विश्वास गर्नेछु?” येशूले त्यसलाई भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, अनि तिमीसँग बोल्ने उही नै हो।”
यूहन्ना 9:35-37 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भनी येशूले सुन्नुभयो, र त्यसलाई भेट्टाएपछि भन्नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ?” त्यस मानिसले सोध्यो, “हजुर, उहाँ को हुनुहुन्छ? मलाई भनिदिनुहोस्, र म उहाँमाथि विश्वास गर्नेछु।” येशूले भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, वास्तवमा तिमीसँग बोलिरहने म उही नै हुँ।”
यूहन्ना 9:35-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहूदी अगुवाहरूले उसलाई निकालिदिए भन्ने कुरा येशूले सुन्नुभयो अनि येशूले उसलाई भेटेर भन्नुभयो, “के तिमी परमेश्वरले पठाउनुभएको मानव पुत्रमाथि विश्वास गर्छौ?” उसले भन्यो, “हजुर, उहाँ को हुनुहुन्छ मलाई भन्नुहोस् र म विश्वास गर्छु।” येशूले भन्नुभयो, “तिमीले उसलाई देखिसकेका छौ, उसले अहिले तिमीसँग कुरा गरिरहेको छ।”