YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 9:25-39

यूहन्‍ना 9:25-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

उसले भन्‍यो, “उहाँ पापी हुनुहुन्‍छ कि हुनुहुन्‍न, त्‍यो त म जान्‍दिनँ! तर एउटै कुराचाहिँ म जान्‍दछु, म अन्‍धो थिएँ, तर अहिले देख्‍ने भएँ।” तिनीहरूले फेरि सोधे, “त्‍यसले तिमीलाई के गर्‍यो, कसरी त्‍यसले तिम्रो आँखा देख्‍ने गरायो?” उसले भन्‍यो, “मैले हजुरहरूलाई अघि नै भनिसकें, तर हजुरहरूले सुन्‍नुभएन। फेरि किन त्‍यही कुरा सोधिरहनुहुन्‍छ? के हजुरहरूको पनि उहाँका चेला हुने विचार छ कि कसो?” यो सुनेर तिनीहरूले उसला ई गाली गर्दै भने, “तँ पो त्‍यस मानिसको चेला होस्, हामी त मोशाका चेला हौं। मोशासँग त परमेश्‍वर बोल्‍नुभएको थियो, त्‍यो हामीलाई थाहा छ। तर त्‍योचाहिँ कहाँको मान्‍छे हो, यो त हामीलाई थाहा छैन।” तब उसले भन्‍यो, “यो कस्‍तो अचम्‍मको कुरा! उहाँले मेरो आँखा देख्‍ने बनाउनुभयो। उहाँ कहाँको मान्‍छे हुनुहुन्‍छ, हजुरहरूलाई थाहा छैन? परमेश्‍वरले पापीका कुरा सुन्‍नुहुन्‍न भन्‍ने हामी सबैलाई थाहा छ तर उहाँले आफूलाई आदर गर्ने र उहाँको इच्‍छाअनुसार काम गर्नेको मात्र कुरा सुन्‍नुहुन्‍छ। संसारको सुरुदेखि अहिलेसम्‍म जन्‍मैको अन्‍धोलाई कसैले निको पारेको कहिल्‍यै पनि सुनिएको छैन। यदि उहाँ परमेश्‍वरको मानिस नहुनुभएको भए उहाँले केही गर्न सक्‍नुहुनेथिएन।” “तँ पापमा जन्‍मेर पापैमा हुर्केको मान्‍छेले हामीलाई सिकाउन खोज्‍छस्?” भन्‍दै तिनीहरूले उसलाई सभाघरबाट निकाले। यहूदी अगुवाहरूले उसलाई निकालिदिए भन्‍ने कुरा येशूले सुन्‍नुभयो अनि येशूले उसलाई भेटेर भन्‍नुभयो, “के तिमी परमेश्‍वरले पठाउनुभएको मानव पुत्रमाथि विश्‍वास गर्छौ?” उसले भन्‍यो, “हजुर, उहाँ को हुनुहुन्‍छ मलाई भन्‍नुहोस् र म विश्‍वास गर्छु।” येशूले भन्‍नुभयो, “तिमीले उसलाई देखिसकेका छौ, उसले अहिले तिमीसँग कुरा गरिरहेको छ।” यो सुनेर उसले येशूको चरणमा पर्दै भन्‍यो, “प्रभु, म विश्‍वास गर्छु!” अनि येशूले भन्‍नुभयो, “नदेख्‍ने मानिसहरूले देख्‍न सकून् र देख्‍तछु भन्‍नेहरू नदेख्‍ने होऊन् भनेर म संसारमा न्‍याय गर्न आएको छु।”

शेयर गर्नुहोस्
यूहन्‍ना 9 पढ्नुहोस्

यूहन्‍ना 9:25-39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्‍छ कि हुनुहुन्‍न, म जान्‍दिनँ। एउटै कुरा मात्र म जान्‍दछु कि म अन्‍धो थिएँ, तर अब देख्‍दछु।” तब तिनीहरूले त्‍यसलाई भने, “उसले तँलाई के गर्‍यो? उसले तेरा आँखा कसरी खोलिदियो?” त्‍यसले तिनीहरूलाई जवाफ दियो, “मैले तपाईंहरूलाई अघि नै भनिसकें, तर तपाईंहरूले सुन्‍नुभएन। अब फेरि किन सुन्‍न चाहनुहुन्‍छ? तपाईंहरू पनि उहाँका चेला हुन चाहनुहुन्‍छ कि कसो?” तिनीहरूले त्‍यसलाई गाली गर्दै भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेला हौं। हामीलाई थाहा छ मोशासँग परमेश्‍वरले बोल्‍नुभएको थियो, तर हामीलाई थाहा छैन यो मानिसचाहिँ कहाँको हो।” त्‍यस मानिसले जवाफ दिई तिनीहरूलाई भन्‍यो, “कस्‍तो विचित्र कुरो! उहाँ कहाँबाट आउनुभएको हो तपाईंहरू जान्‍नुहुन्‍न, तर मेरा आँखा उहाँले खोलिदिनुभयो। हामी जान्‍दछौ कि परमेश्‍वर पापीहरूका कुरा सुन्‍नुहुन्‍न, तर परमेश्‍वरको भय मान्‍ने र उहाँको इच्‍छा पालन गर्ने व्‍यक्तिको कुरा परमेश्‍वरले सुन्‍नुहुन्‍छ। संसार सुरु भएदेखि यसो जन्‍मैको अन्‍धाका आँखा कसैले खोलिदिएको कुरा कहिल्‍यै सुनिएन। यदि यी मानिस परमेश्‍वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्‍नुहुनेथिएन।” तिनीहरूले त्‍यसलाई जवाफ दिई भने, “तँ त बिलकुलै पापमा जन्‍मेको थिइस्, र के अब तँ हामीलाई सिकाउन चाहन्‍छस्‌?” अनि तिनीहरूले त्‍यसलाई बाहिर निकालिदिए। तिनीहरूले त्‍यसलाई बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो, र त्‍यसलाई भेट्टाएर भन्‍नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्‍वास गर्दछौ?” त्‍यसले जवाफ दिई भन्‍यो, “प्रभु, उहाँ को हुनुहुन्‍छ? म उहाँमाथि विश्‍वास गर्नेछु?” येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, अनि तिमीसँग बोल्‍ने उही नै हो।” तब त्‍यसले भन्‍यो, “प्रभु, म विश्‍वास गर्दछु”, र त्‍यसले उहाँलाई दण्‍डवत्‌ गर्‍यो। अनि येशूले भन्‍नुभयो, “म न्‍यायको लागि यस संसारमा आएँ, कि नदेख्‍नेहरूले देखून्‌ र देख्‍नेहरूचाहिँ अन्‍धा होऊन्‌।”

शेयर गर्नुहोस्
यूहन्‍ना 9 पढ्नुहोस्

यूहन्‍ना 9:25-39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ वा हुनुहुन्‍न, त्यो म जान्दिनँ। तर एउटा कुरा म जान्दछु। म दृष्‍टिविहीन थिएँ, तर अब देख्ने भएको छु!” तब तिनीहरूले त्यसलाई सोधे, “उसले तँलाई के गर्‍यो? उसले कसरी तेरा आँखा खोलिदियो?” त्यसले भन्यो, “मैले तपाईंहरूलाई अगि नै भनिसकेँ, तर तपाईंहरूले सुन्‍नुभएन। अब फेरि किन सुन्‍न चाहनुहुन्छ? के तपाईंहरू पनि उहाँका चेला बन्‍न चाहनुहुन्छ?” तब तिनीहरूले त्यसलाई निन्दा गर्दै भने, “तँ पो त्यसको चेलो होस्! हामी त मोशाका चेला हौँ! परमेश्‍वर मोशासँग बोल्नुभएको कुरा हामीलाई थाहा छ; तर यस मानिसको विषयमा यो कहाँबाट आएको हो भन्‍ने कुरासमेत हामी जान्दैनौँ।” त्यस मानिसले भन्यो, “कस्तो अचम्मको कुरा! तपाईंहरूले उहाँ कहाँबाट आउनुभएको हो भनेर पनि जान्‍नुहुन्‍न; तापनि उहाँले मेरा आँखा खोलिदिनुभयो। हामी जान्दछौँ, परमेश्‍वरले पापीहरूका कुरा सुन्‍नुहुन्‍न, तर उहाँले परमेश्‍वरका भक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्‍नुहुन्छ। आजसम्म कसैले जन्मैको दृष्‍टिविहीनको आँखा खोलिदिएको कुरा कहिल्यै सुनिएको छैन। यदि उहाँ परमेश्‍वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।” यस कुरामा तिनीहरूले त्यसलाई यसरी जवाफ दिए, “तँ त पूर्णतया पापमा जन्मिएको थिइस्, र पनि अब के हामीलाई सिकाउन खोज्छस्?” त्यसपछि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए। तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भनी येशूले सुन्‍नुभयो, र त्यसलाई भेट्टाएपछि भन्‍नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्‍वास गर्दछौ?” त्यस मानिसले सोध्यो, “हजुर, उहाँ को हुनुहुन्छ? मलाई भनिदिनुहोस्, र म उहाँमाथि विश्‍वास गर्नेछु।” येशूले भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, वास्तवमा तिमीसँग बोलिरहने म उही नै हुँ।” तब त्यस मानिसले भन्यो, “प्रभु, म विश्‍वास गर्दछु,” अनि त्यसले उहाँलाई दण्डवत् गर्‍यो। येशूले भन्‍नुभयो, “म न्यायका लागि यस संसारमा आएँ, ताकि दृष्‍टिविहीनहरूले देखून्, र जसले देख्छन्, तिनीहरूचाहिँ दृष्‍टिविहीन होऊन्।”

शेयर गर्नुहोस्
यूहन्‍ना 9 पढ्नुहोस्

यूहन्‍ना 9:25-39 पवित्र बाइबल (NERV)

त्यस मानिसले उत्तर दियो, “उहाँ पापी हुन भनेर म जान्दिन। तर म यति मात्र जान्दछुः म अन्धो थिएँ र अहिले देख्न सक्ने भएँ।” यहूदीहरूले सोधे, “उसले के गर्यो? तिम्रो आँखा कसरी निको पार्यो?” त्यस मानिसले उत्तर दियो, “मैले तपाईंहरूलाई पहिल्यै भनिसकेको छु। तर तपाईंहरूले सुन्नु नै भएन। किन तपाईंहरू फेरि सुन्न चाहनु हुन्छ? के तपाईंहरू पनि उहाँको चेलाहरू हुन चाहनु हुन्छ?” यहूदी अगुवाहरू एकदम रीसले चूर भए अनि त्यस मानिसलाई अप-शब्दद्वारा गाली गरे। तब तिनीहरूले भने, “तिमी त्यस मानिसको चेला हौ। हामी मोशाका चेलाहरू हौं। हामी जान्दछौं कि परमेश्वर मोशासँग बोल्नु भयो। तर हामी त्यस मानिसको विषयमा चाहिँ एकदमै जान्दैनौं, ऊ कहाँबाट आएको हो।” त्यस मानिसले उत्तर दियो, “यो कस्तो अचम्मको कुरा हो। येशू कहाँबाट आउनु भयो, तपाँईहरू जान्नु हुन्न। तर उहाँले मेरो आँखालाई निको पारी दिनु भयो। हामी सबै जान्दछौं कि परमेश्वरले पापीहरूको कुरा सुन्नु हुन्न। तर परमेश्वरले चाहे जस्तै गर्नु हुन्छ। यस्तो कहिल्यै पनि सुनिएको थिएन कि कसैले एक जन्मेको अन्धा मानिसलाई दृष्टि दियो। त्यो मान्छे परमेश्वरबाटै आएको हुनपर्छ। यदि उनी परमेश्वरबाट नआएको भए उसले यस्तो कुनै कुरा गर्नसक्ने थिएनन्।” यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पापैपापले भरिएर जन्मिएको रहेछौ। तिमीले हामीलाई सिकाउन खोज्छौं?” तिनीहरूले त्यस मानिसलाई घच्याडेर निकालिदिए। यहूदी अगुवाहरूले त्यस मानिसलाई निकालीदिएको येशूले चाल पाउनु भयो। येशूले त्यस मानिसलाई भेटेर भन्नुभयो, “तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?” त्यस मानिसले सोध्यो, “प्रभु, मानिसको पुत्र को हुन्? मलाई बातउनु होस्, तब म उहाँमा विश्वास गर्न सक्छु।” येशूले त्यस मानिसलाई भन्नुभयो, “तिमीले उसलाई देखिसकेकाछौ। मानिसको पुत्र उही हुन् जो तिमीसँग अहिले बोलिरहेकोछ।” त्यस मानिसले भन्यो, “हो प्रभु, म विश्वास गर्छु।” त्यसपछि उसले येशूलाई दण्डवत् गर्यो। येशूले भन्नुभयो, “म यस संसारमा न्याय गर्न आएको हुँ। म त्यसकारण आएको हुँ कि अन्धा मानिसहरूले देख्न सकोस्। म त्यसकारणले आएको हुँ कि देख्न सक्नेहरू अन्धा होउन्।”