यूहन्ना 6:15-21
यूहन्ना 6:15-21 पवित्र बाइबल (NERV)
येशूले बुझ्नु भयो कि आउने अनि उहाँलाई जबरजस्ती राजा बनाउने योजना मानिसहरूले गर्दै थिए। यसकारण, उहाँले त्यो ठाँउ छाडेर एक्लै पहाडमा जानु भयो। त्यस साँझ येशूका चेलाहरू गालील झील तर्फ गए। यसबेला अन्ध्यारो भइसक्दा पनि येशू फर्कनु भएको थिएन। चेलाहरू डुङ्गामा चढे अनि कफर्नहुम जान लागे। कफर्नहुम समुद्रको अर्को पट्टि थियो। हावा जोडले चलेकोले गर्दा त्यस समूद्रमा ठूलो छाल उठेर डुङ्गालाई उल्टा घचेटिरहेको थियो। तिनीहरूले पाँच-छ कोलोमिटरसम्म डुङ्गा खियाएर लगे। तब तिनीहरूले येशूलाई देखे। उहाँ पानिमाथि हिंडिरहनु भएको थियो। उहाँ डुङ्गा भए तर्फ आउनु भयो। चेलाहरू डराए। तर येशूले तिनीहरूलाई भन्नु भयो, “नडराऊ, यो म नै हुँ।” जब उहाँले तिनीहरूसँग बात गर्नुभयो उहाँलाई डुङ्गामा ल्याउन पाँउदा तिनीहरू आनन्दित भए। तब डुङ्गा जमीनतिर आई पुग्यो जुन ठाउँमा तिनीहरू पुग्न चाहन्थे।
यूहन्ना 6:15-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि एकलै डाँड़ामा जानुभयो। साँझ परेपछि उहाँका चेलाहरू समुद्रतिर गए। र डुङ्गामा चढ़ेर तिनीहरू समुद्र पारि कफर्नहुमतिर जान लागे। त्यस बेला अँध्यारो भएको थियो, र येशू अझसम्म तिनीहरूकहाँ आउनुभएको थिएन। अनि ठूलो बतास चलेकोले, समुद्रको छाल उर्लन लाग्यो। पाँच-छ किलोमिटर डुङ्गा खियाएर गएपछि तिनीहरूले येशूलाई समुद्रमाथि हिँड़ेर डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए। तर उहाँले तिनीहरूलाई भन्नुभयो, “म हुँ, नडराओ।” तिनीहरूले उहाँलाई खुसीसाथ डुङ्गामा राखे, र तिनीहरू गइरहेको ठाउँमा डुङ्गा तुरुन्तै आइपुग्यो।

यूहन्ना 6:15-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू आएर उहाँलाई जबरजस्ती राजा बनाउन लैजान खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि तिनीहरूबाट अलग हुनुभएर एकलै डाँडातिर जानुभयो। साँझ परेपछि उहाँका चेलाहरू तालतिर झरे, र त्यहाँबाट डुङ्गामा चढेर तिनीहरू तालपारि कफर्नहुमतिर लागे। त्यस बेलासम्म अँध्यारो भइसकेको थियो। अनि येशू अझै पनि तिनीहरूकहाँ आउनुभएको थिएन। त्यस बेला एउटा ठूलो बतास चलिरहेको थियो; र तालमा छाल उर्लिन थाल्यो। तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटर जति गइसकेका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे। यो देखेर तिनीहरू डराए। तर उहाँले तिनीहरूलाई भन्नुभयो, “म नै हुँ, नडराओ!” तब तिनीहरूले उहाँलाई खुशीसाथ डुङ्गामा चढाए। अनि तुरुन्तै डुङ्गा उहाँहरू जान चाहेको किनारमा पुग्यो।
यूहन्ना 6:15-21 पवित्र बाइबल (NERV)
येशूले बुझ्नु भयो कि आउने अनि उहाँलाई जबरजस्ती राजा बनाउने योजना मानिसहरूले गर्दै थिए। यसकारण, उहाँले त्यो ठाँउ छाडेर एक्लै पहाडमा जानु भयो। त्यस साँझ येशूका चेलाहरू गालील झील तर्फ गए। यसबेला अन्ध्यारो भइसक्दा पनि येशू फर्कनु भएको थिएन। चेलाहरू डुङ्गामा चढे अनि कफर्नहुम जान लागे। कफर्नहुम समुद्रको अर्को पट्टि थियो। हावा जोडले चलेकोले गर्दा त्यस समूद्रमा ठूलो छाल उठेर डुङ्गालाई उल्टा घचेटिरहेको थियो। तिनीहरूले पाँच-छ कोलोमिटरसम्म डुङ्गा खियाएर लगे। तब तिनीहरूले येशूलाई देखे। उहाँ पानिमाथि हिंडिरहनु भएको थियो। उहाँ डुङ्गा भए तर्फ आउनु भयो। चेलाहरू डराए। तर येशूले तिनीहरूलाई भन्नु भयो, “नडराऊ, यो म नै हुँ।” जब उहाँले तिनीहरूसँग बात गर्नुभयो उहाँलाई डुङ्गामा ल्याउन पाँउदा तिनीहरू आनन्दित भए। तब डुङ्गा जमीनतिर आई पुग्यो जुन ठाउँमा तिनीहरू पुग्न चाहन्थे।
यूहन्ना 6:15-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब मानिसहरूले आएर आफूलाई जबरजस्ती राजा बनाउन आँटेका छन् भन्ने थाहा पाएर येशू फेरि एक्लै डाँडातिर लाग्नुभयो। साँझ परेपछि येशूका चेलाहरू तालको किनारमा झरेर नाउमा चढी कफर्नहुम सहरतिर फर्किन लागे। फर्किंदा अँध्यारो भइहाल्यो तर येशू भने अझै आउनुभएको थिएन। हावा जोडले चलिरहेको थियो र तालमा छाल उर्लन लाग्यो। चेलाहरू पाँच-छ किलोमिटर जति नाउ खियाएर गइसकेका थिए। त्यति बेला तिनीहरूले येशूलाई पानीमाथि हिँडेर नाउतिर आइरहनुभएको देखे। तिनीहरू ज्यादै डराए। तर येशूले भन्नुभयो, “मै हुँ, नडराओ!” यस्तो सुनेर चेलाहरूले खुसी हुँदै येशूलाई नाउमा चढाए र त्यत्तिखेरै नाउ तिनीहरू गइरहेको ठाउँमा पुगेर किनारा लाग्यो।