YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 6:15-21

यूहन्‍ना 6:15-21 सरल नेपाली

अब मानिसहरूले आएर आफूलाई जबरजस्‍ती राजा बनाउन आँटेका छन् भन्‍ने थाहा पाएर येशू फेरि एक्‍लै डाँडातिर लाग्‍नुभयो। साँझ परेपछि येशूका चेलाहरू तालको किनारमा झरेर नाउमा चढी कफर्नहुम सहरतिर फर्किन लागे। फर्किंदा अँध्‍यारो भइहाल्‍यो तर येशू भने अझै आउनुभएको थिएन। हावा जोडले चलिरहेको थियो र तालमा छाल उर्लन लाग्‍यो। चेलाहरू पाँच-छ किलोमिटर जति नाउ खियाएर गइसकेका थिए। त्‍यति बेला तिनीहरूले येशूलाई पानीमाथि हिँडेर नाउतिर आइरहनुभएको देखे। तिनीहरू ज्‍यादै डराए। तर येशूले भन्‍नुभयो, “मै हुँ, नडराओ!” यस्‍तो सुनेर चेलाहरूले खुसी हुँदै येशूलाई नाउमा चढाए र त्‍यत्तिखेरै नाउ तिनीहरू गइरहेको ठाउँमा पुगेर किनारा लाग्‍यो।

यूहन्‍ना 6 पढ्नुहोस्