YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 5:21-24

यूहन्‍ना 5:21-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्‍छ र तिनीहरूलाई जीवन दिनुहुन्‍छ, त्‍यसरी नै पुत्रले पनि जसलाई इच्‍छा गर्दछ, त्‍यसलाई जीवन दिँदछ। किनकि पिताले कसैको न्‍याय गर्नुहुन्‍न, तर सबै न्‍याय गर्ने काम पुत्रलाई दिनुभएको छ, ताकि सबैले पुत्रको आदर गरून्, जसरी तिनीहरूले पिताको आदर गर्दछन्‌। पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन। “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मेरो वचन सुन्‍छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। त्‍यो न्‍यायमा आउँदैन, तर मृत्‍युदेखि त्‍यसले जीवनमा प्रवेश गरेको छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 5 पढ्नुहोस्

यूहन्‍ना 5:21-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसैलाई जीवन दिन्छ। यसबाहेक पिताले कसैको न्याय गर्नुहुन्‍न। तर न्यायको सम्पूर्ण काम उहाँले पुत्रलाई सुम्पनुभएको छ, ताकि पितालाई आदर गरेझैँ तिनीहरू सबैले पुत्रलाई पनि आदर गरून्। जसले पुत्रलाई आदर गर्दैन, त्यसले पुत्रलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन। “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 5 पढ्नुहोस्

यूहन्‍ना 5:21-24 पवित्र बाइबल (NERV)

पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ। “अनि पिताले कसैको न्याय गर्नु हुन्न। न्याय गर्ने सम्पूर्ण अधिकार पिताले पुत्रलाई सुम्पनु भएको छ। परमेश्वरले यसो गर्नु भएको छ, ताकि सबै मानिसहरूले पुत्रलाई आदर गर्नेछन् जसरी पितालाई आदार गरेकाछन्। यदि कसैले पुत्रलाई आदर गर्दैन उसले पितालाई पनि आदर गर्दैन जसले उहाँलाई पठाउनु भयो। “म तिमीहरूलाई साँच्चो भन्दछु, यदी कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिनेछैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेकाहुन्।

शेयर गर्नुहोस्
यूहन्‍ना 5 पढ्नुहोस्

यूहन्‍ना 5:21-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पिताले मरेकाहरूलाई बिउँताएर अनन्त जीवन दिनुभएजस्‍तै पुत्रले पनि आफूले चाहेकाहरूलाई अनन्त जीवन दिनेछ किनभने पिता आफैंले कसैको न्‍याय गर्नुहुन्‍न। मानिसहरूले पिताको आदर गरेजस्‍तै पुत्रको पनि आदर गरून् भनेर पिताले न्‍याय गर्ने कामचाहिँ पुत्रलाई नै सुम्‍पिदिनुभएको छ। पुत्रको आदर नगर्नेले चाहिँ पुत्रलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन। “अब म तिमीहरूलाई भन्‍छु, जसले मेरो कुरा सुन्‍छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ, ऊसँग अनन्त जीवन हुन्‍छ। उसलाई दोषी ठहराइनेछैन, तर ऊ मृत्‍युदेखि जीवनमा सरिसकेको हुन्‍छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 5 पढ्नुहोस्