यूहन्ना 14:4-6
यूहन्ना 14:4-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जहाँ म गइरहेछु, तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ।” थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ, हामी जान्दैनौं, तब हामीले बाटो कसरी चिन्ने?” येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
यूहन्ना 14:4-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म जहाँ जाँदैछु, त्यहाँ पुग्ने बाटो तिमीहरू जान्दछौ।” थोमाले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ भन्ने हामीलाई केही थाहा छैन। तब कसरी हामीले त्यो बाटो चिन्न सक्छौँ?” येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
यूहन्ना 14:4-6 पवित्र बाइबल (NERV)
म जुन ठाउँमा गइरहेछु तिमीहरू त्यो बाटो जान्दछौ।” थोमाले भने, “प्रभु, तपाईं कहाँ गइरहनु भएको छ हामी जान्दैनौ। तब हामीले बाटो कसरी जान्ने?” येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ।
यूहन्ना 14:4-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म जान लागेको ठाउँको बाटो त तिमीहरूलाई थाहै छ।” थोमाले भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, त्यो हामीलाई थाहा छैन अनि तपाईं जाने ठाउँको बाटो हामीलाई झन् कसरी थाहा हुन्छ र?” येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कुनै मानिस पनि पिताकहाँ पुग्न सक्दैन।