यूहन्ना 10:26-29
यूहन्ना 10:26-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिमीहरू विश्वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेड़ामध्येका होइनौ। “मेरा भेड़ाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन्। तिनीहरूलाई म अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन। मेरा पिताले ती मलाई दिनुभएको छ; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लानेछैनन्।
यूहन्ना 10:26-29 नेपाली समकालीन संस्करण (NCV)
तर तिमीहरूले विश्वास गर्दैनौ, किनकि तिमीहरू मेरा बगालका भेडाहरू होइनौ। मेरा भेडाहरूले मेरो स्वर सुन्छन्, म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछन्। म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नाश हुनेछैनन्। मेरा पिता जसले ती सबै मलाई दिनुभयो; जो सबैभन्दा महान् हुनुहुन्छ, तिनीहरूलाई कसैले पनि मेरा पिताको हातबाट खोसेर लैजान सक्दैन।
यूहन्ना 10:26-29 पवित्र बाइबल (NERV)
तिमीहरू तर विश्वास गर्दैनौ। किनभने तिमीहरू मेरा भेंडा़हरू होइनौ। मेरो भेंडा़हरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्। म मेरा भेंडा़हरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन। मेरा पिताले मेरो भेंडा़ मलाई दिनु भयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेंडा़ खोसेर लान सक्तैन।
यूहन्ना 10:26-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर तिमीहरू मेरा भेडा होइनौ, त्यसैले तिमीहरूले मलाई विश्वास गर्दैनौ। मेरा भेडाहरूले चाहिँ मेरा कुरा सुन्छन्। म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्। म तिनीहरूलाई अनन्त जीवन दिन्छु। तिनीहरू कहिल्यै नाश हुनेछैनन् र कसैले पनि तिनीहरूलाई मबाट खोसेर लैजान सक्नेछैन। तिनीहरूलाई मेरो जिम्मामा दिनुहुने मेरा पिताचाहिँ सबैभन्दा महान् हुनुहुन्छ अनि मेरा पिताको हातबाट त झन् तिनीहरूलाई कसैले पनि खोस्न सक्दैन।