यूहन्ना 1:40-45
यूहन्ना 1:40-45 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यूहन्नाले भनेका कुरा सुन्ने र येशूलाई पछ्याउने ती दुई जनामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। तिनले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए, र उनलाई भने “हामीले मसीहलाई (जसको अर्थ हो, ख्रीष्ट) भेट्टाएका छौं।” तिनले सिमोनलाई येशूकहाँ ल्याए। येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी योआनेसको छोरा सिमोन हौ, तिमी केफास (जसको अर्थ हो, चट्टान) भनिनेछौ।” भोलिपल्ट उहाँले गालीलमा जाने निश्चय गर्नुभयो। र फिलिपलाई भेट्टाएर उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” अन्द्रियास र पत्रुसजस्तै फिलिप पनि बेथसेदा सहरका नै थिए। फिलिपले नथानेललाई भेट्टाएर भने, “जसको विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, योसेफका पुत्र नासरतका येशूलाई हामीले भेट्टाएका छौं।”
यूहन्ना 1:40-45 नेपाली समकालीन संस्करण (NCV)
यूहन्नाले भनेका कुरा सुन्ने र येशूलाई पछ्याउने ती दुई चेलाहरूमध्ये एकजना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। तिनले सबैभन्दा पहिले आफ्नो दाजु सिमोनलाई भेटे, र तिनलाई भने, “हामीले मसीह अर्थात् ख्रीष्टलाई भेट्टाएका छौं।” अनि तिनले सिमोनलाई येशूकहाँ ल्याए। येशूले तिनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी यूहन्नाका छोरा सिमोन हौ। तिमी केफास (जसको अर्थ हो, पत्रुस अथवा चट्टान) भनिनेछौ।” भोलिपल्ट येशूले गालील जाने निश्चय गर्नुभयो। उहाँले फिलिपलाई भेट्नुभयो र भन्नुभयो, “मलाई पछ्याऊ।” फिलिप पनि अन्द्रियास र पत्रुसजस्तै बेथसेदा शहरका नै बासिन्दा थिए। फिलिपले नथानेललाई भेट्टाएर भने, “जसका विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, उहाँलाई हामीले भेट्टाएका छौं, योसेफका पुत्र नासरतका येशूलाई।”
यूहन्ना 1:40-45 पवित्र बाइबल (NERV)
यूहन्नाबाट येशूको विषयमा जाने पछि तिनीहरू येशूकै पछि लागे। ती दुइजना मध्ये एकजनाको नाउँ अन्द्रियास थियो। तिनी शिमोन पत्रुसका भाइ थिए। पहिले अन्द्रियसले आफ्नो भाइ शिमोनलाई खोज्ने काम गरे। शिमोनलाई अन्द्रियासले भने, “हामीले मसीह पाएकोछौं।” तब शिमोनलाई अनिद्रयासले येशूकहाँ ल्याए। येशूले शिमोनतर्फ हेर्दै भन्नु भयो, “तिमी यूहन्नाको छोरो शिमोन हौ। तिमीलाई केफास भनिने छ।” अर्को दिन गालील जान येशूले निश्चय गर्नुभयो। येशूले फिलिपलाई भेट्नुभयो र भन्नुभयो “मलाई पछ्याउ।” अन्द्रियास र पत्रुस जस्तै फिलिप पनि बेथसेदा शहरका थिए। फिलिपले नथानेललाई भेट्टाए र भने, “मोशाले व्यवस्थामा के लेख्नु भएको थियो सम्झ। मोशाले एकजना मानिस आइरहेछ भनी लेख्नु भएको थियो जो आइरहेको छ। अगमवक्ताहरूले पनि उहाँको विषयमा लेख्नु भएको थियो। हामीले उहाँलाई नै पायौं। उहाँको नाउँ येशू हो, योसेफका पुत्र। उहाँ नासरतका हुनुहुन्छ।”
यूहन्ना 1:40-45 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यूहन्नाको कुरा सुनेर येशूको पछि लाग्ने दुईमध्ये एक जनाचाहिँ सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। अलिक बेरपछि आफ्नो दाजु सिमोन पत्रुसलाई भेटेर उनले भने, “हामीले मसीहलाई भेट्यौं।” (हिब्रू भाषामा ‘ख्रीष्ट’ को अर्थ ‘मसीह’ हो।) अन्द्रियासले सिमोनलाई येशूकहाँ लगे। येशूले सिमोनलाई देखेर भन्नुभयो, “तिमी योआनेसका छोरा सिमोन हौ। हेर तिम्रो नाउँ केफास हुनेछ।” (‘केफास’ को अर्थ ‘पत्थर’ हो र यसलाई ग्रीक भाषामा ‘पत्रुस’ भनिन्छ।) भोलिपल्ट येशू गालील क्षेत्रमा जाने निर्णय गरेर निस्कनुभयो। त्यसै बेला उहाँले फिलिपलाई भेट्टाउनुभयो र भन्नुभयो, “मेरो पछि लाग।” फिलिपचाहिँ पत्रुस र अन्द्रियासजस्तै बेथसेदा सहरका मानिस थिए। त्यसपछि फिलिपले नथानेललाई भेट्टाएर भने, “धर्मशास्त्रमा मोशा र अगमवक्ताले जसका बारेमा लेखेका थिए, उहाँलाई हामीले भेट्यौं। उहाँ त नासरतमा बस्ने योसेफका छोरा येशू पो हुनुहुँदो रहेछ।”