यूहन्नाको कुरा सुनेर येशूको पछि लाग्ने दुईमध्ये एक जनाचाहिँ सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। अलिक बेरपछि आफ्नो दाजु सिमोन पत्रुसलाई भेटेर उनले भने, “हामीले मसीहलाई भेट्यौं।” (हिब्रू भाषामा ‘ख्रीष्ट’ को अर्थ ‘मसीह’ हो।) अन्द्रियासले सिमोनलाई येशूकहाँ लगे। येशूले सिमोनलाई देखेर भन्नुभयो, “तिमी योआनेसका छोरा सिमोन हौ। हेर तिम्रो नाउँ केफास हुनेछ।” (‘केफास’ को अर्थ ‘पत्थर’ हो र यसलाई ग्रीक भाषामा ‘पत्रुस’ भनिन्छ।) भोलिपल्ट येशू गालील क्षेत्रमा जाने निर्णय गरेर निस्कनुभयो। त्यसै बेला उहाँले फिलिपलाई भेट्टाउनुभयो र भन्नुभयो, “मेरो पछि लाग।” फिलिपचाहिँ पत्रुस र अन्द्रियासजस्तै बेथसेदा सहरका मानिस थिए। त्यसपछि फिलिपले नथानेललाई भेट्टाएर भने, “धर्मशास्त्रमा मोशा र अगमवक्ताले जसका बारेमा लेखेका थिए, उहाँलाई हामीले भेट्यौं। उहाँ त नासरतमा बस्ने योसेफका छोरा येशू पो हुनुहुँदो रहेछ।”
यूहन्ना 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 1:40-45
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू