यर्मिया 42:1-12
यर्मिया 42:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब सेनाका सबै अधिकारीहरू, कारेहका छोरा योहानान, होशायाहका छोरा याजन्याह, र साना दर्जादेखि लिएर ठूला दर्जासम्मका सबै मानिसहरू अगमवक्ता यर्मियाकहाँ गएर तिनलाई भने, “कृपया, हाम्रो बिन्ती सुन्नुहोस् र हामी सबै बाँचेकाहरूका निम्ति याहवेह तपाईंका परमेश्वरसँग प्रार्थना गरिदिनुहोस्। किनकि तपाईं आफैँले अहिले देख्नुभएझैँ, हामी एक समयमा धेरै भए तापनि अहिले हामी सानो अवशेषको रूपमा छौँ। याहवेह तपाईंका परमेश्वरले हामीलाई कुन बाटो हिँड्नुपर्ने हो, र हामीले के गर्नुपर्ने हो, सो कुरा बताइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।” यर्मिया अगमवक्ताले जवाफ दिए, “मैले तिमीहरूका कुरा सुनेँ। निश्चय नै तिमीहरूले अनुरोध गरेझैँ म याहवेह तिमीहरूका परमेश्वरसँग प्रार्थना गर्नेछु। याहवेहले भन्नुभएको हरेक कुरा म तिमीहरूलाई बताउनेछु, र म तिमीहरूसँग कुनै पनि कुरा लुकाउनेछैनँ।” तब तिनीहरूले यर्मियालाई भने, “यदि हामीले याहवेह तपाईंका परमेश्वरले तपाईंलाई भन्न पठाउनुभएको हरेक कुराअनुसार गरेनौँ भने याहवेह नै हाम्रा विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन्। याहवेह हाम्रा परमेश्वर, जसकहाँ हामी तपाईंलाई पठाइरहेका छौँ; उहाँको आज्ञा चाहे मनपर्ने होस् वा मन नपर्ने होस्, हामी सो पालन गर्नेछौँ, ताकि हाम्रो भलाइ होस्, किनकि हामी याहवेह हाम्रा परमेश्वरको आज्ञापालन गर्नेछौँ।” अनि दश दिनपछि याहवेहको वचन यर्मियाकहाँ आयो। यसकारण तिनले कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरू र साना दर्जादेखि ठूला दर्जासम्मका सबै मानिसहरूलाई बोलाए। यर्मियाले तिनीहरूलाई भने, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई आफ्ना बिन्ती चढाउन पठाएका थियौ: ‘यदि तिमीहरू यस देशमै रह्यौ भने म तिमीहरूलाई निर्माण गर्नेछु, तर तिमीहरूलाई भत्काउनेछैनँ। म तिमीहरूलाई रोप्नेछु, तर तिमीहरूलाई उखेल्नेछैनँ; किनकि मैले तिमीहरूमाथि ल्याएको ठूलो विपत्तिको कारण म दुःखित छु। बेबिलोनको राजा, जससँग तिमीहरू अहिले डराउँछौ, त्यससँग नडराओ। याहवेह घोषणा गर्नुहुन्छ, बेबिलोनको राजादेखि नडराओ; किनकि म तिमीहरूको साथमा छु र म तिमीहरूलाई बचाउनेछु। अनि तिमीहरूलाई उसको हातबाट छुटाउनेछु। म तिमीहरूमाथि दया देखाउनेछु, ताकि उसले तिमीहरूमाथि दया देखाउनेछ, र उसले तिमीहरूलाई तिमीहरूको देशमा पुनर्स्थापित गर्नेछ।’
यर्मिया 42:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब फौजका सबै अधिकृतहरू, कारेहका छोरा योहानान र होशयाहका छोरा येजन्याह, सानाभन्दा सानादेखि लिएर ठूलाभन्दा ठूला सबै मानिसहरूसमेत गरी यर्मिया अगमवक्ताकहाँ भेट गर्न आए, र तिनीहरूले तिनलाई भने, “हाम्रो बिन्ती सुन्नुहोस्, र परमप्रभु तपाईंका परमेश्वरसित यी बाँचेकाहरूका निम्ति बिन्ती गरिदिनुहोस्। किनकि तपाईं आफ्नै आँखाले देख्नुहुन्छ कि हामी त्यति धेरै थियौं तर अब थोरै मात्र रहेका छौं। परमप्रभु तपाईंका परमेश्वरले हामीलाई कहाँ जाने हो, र हामीले के गर्नुपर्ने हो, सो देखाइदेऊन् भनेर प्रार्थना गर्नुहोस्।” यर्मिया अगमवक्ताले तिनीहरूलाई भने, “मैले तिमीहरूको कुरा सुनें। म परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले बिन्ती गरेअनुसार प्रार्थना गरिदिनेछु, र परमप्रभुले जे भन्नुहुन्छ, सो सबै तिमीहरूलाई बताइदिनेछु। म केही कुरा पनि तिमीहरूदेखि लुकाउनेछैनँ।” तब तिनीहरूले यर्मियालाई भने, “परमप्रभु तपाईंका परमेश्वरले तपाईंद्वारा पठाउनुभएका कुराअनुसार हामीले गरेनौं भने, परमप्रभु नै हामीहरूका विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन्। चाहे त्यो अनुकूल होस् वा नहोस्, परमप्रभु हाम्रा परमेश्वर, जसकहाँ हामी तपाईंलाई पठाइरहेका छौं, उहाँको वचन हामी पालन गर्नेछौं, ताकि परमप्रभु हाम्रा परमेश्वरको कुरा हामीले मानेकाले हाम्रो भलो होस्।” दश दिनपछि परमप्रभुको वचन यर्मियाकहाँ आयो। तब तिनले कारेहका छोरा योहानान र तिनका साथमा भएका फौजका सबै अधिकृतहरू र साना-ठूला सबै मानिसहरूलाई बोलाए। यर्मियाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर, जसको सामुन्ने तिमीहरूले मलाई आफ्नो बिन्ती चढ़ाउनलाई पठाएका थियौ, यसो भन्नुहुन्छ: ‘यदि तिमीहरू यही देशमा रह्यौ भने म तिमीहरूलाई बनाइराख्नेछु तर भत्काउनेछैनँ, म तिमीहरूलाई रोपिराख्नेछु तर उखेल्नेछैनँ, किनकि मैले तिमीहरूलाई गरेको सर्वनाशदेखि म दु:खित छु। बेबिलोनको राजा, जससँग अहिले तिमीहरू डराउँदछौ, अब त्यससँग नडराओ, किनकि तिमीहरूलाई त्यसको हातदेखि बचाउन र छुटाउनलाई म तिमीहरूसित हुन्छु, परमप्रभु भन्नुहुन्छ। म तिमीहरूमाथि कृपा गर्नेछु, र त्यसले तिमीहरूमाथि टिठ्याएर तिमीहरूलाई तिमीहरूकै देशमा फेरि बसाल्नेछ’।
यर्मिया 42:1-12 पवित्र बाइबल (NERV)
तिनीहरू गेरूथ किम्हाममा भएको बेला, योहानान र होशायाहको छोरो याजन्याह यर्मिया अगमवक्ताकहाँ गए। जम्मै सेनाका हाकिमहरू र सानोदेखि ठूलो दर्जा सम्मका मानिसहरू योहानान र याजन्याहसित गए। ती सबै जनाले अगमवक्ता यर्मियालाई भने, “हाम्रो नम्र बिन्ति ग्रहण गर्नुहोस् र हाम्रा निम्ति तथा बाँचेका यी मानिसहरूको लागि परमप्रभु तपाँईंका परमेश्वरसित प्रार्थना गरिदिनु होस्। एकपल्ट हामीहरू बहुसंख्यामा थियौं तर अहिले तपाईं देख्नु हुन्दैछ हामी केही मात्र बाँचेका छौं। यर्मिया, परमप्रभु तपाईंको परमेश्वरसित प्रार्थना गरिदिनु होस् ताकि हामी कहाँ जानु पर्ने अनि हामीले के गर्नु पर्ने हो।” तब अगमवक्ता यर्मियाले उत्तर दिए, “तिमीहरूले के गर्नु पर्ने भनेको हो मैले बुझें। तिमीहरूले भनें झैं म परमप्रभु तिमीहरूका परमेश्वरसित प्रार्थना गरिदिने छु। परमप्रभुले भन्नु भएको सबै कुराहरू म तिमीहरूलाई भन्नेछु। कुनै थोकहरू पनि म तिमीहरूदेखि लुकाउने छैन।” तब ती मानिसहरूले यर्मियालाई भने, “यदि हामीले परमप्रभु तपाईंका परमेश्वरले चाहनु भए जस्तै कामहरू गरेनौं भने हाम्रा निम्ति परमप्रभु साँच्चो र विश्वासी साक्षी रहनु हुन्छ। हामी जान्दछौं परमप्रभु तिमीहरूका परमेश्वरले के गर्नु पर्ने तिमीहरूलाई भन्न हामीलाई पठाउन्। परमप्रभुको आदेश चाहे हाम्रो हितमा होस् अथवा नहोस् हामी पालन गर्नेछौ ताकि जब हामी परमप्रभु हाम्रा परमेश्वरको सबै आदेश पालन गर्छौ सब कुरो हाम्रो हितमा हुनेछ। हामी तिमीलाई ती सन्देश लिनका लागि परमेश्वर कहाँ पठाई रहेछौं। तब असल कुराहरू हामी प्रति हुने छ। हो, हामी परमेश्वरको सारा कुराहरू पालन गर्ने नै छौं।” दश दिनको अन्त्यमा, यर्मियाकहाँ परमप्रभुबाट सन्देश आयो। तब यर्मियाले कारेहका छोरो योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरू अनि साना ठूला दर्जाका सबै मानिसहरूलाई डाके। तब यर्मियाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको सन्देश यही हो। तिमीहरूले मलाई उहाँ कहाँ पठायौ। मैले परमप्रभुलाई तिमीहरूले जे चाहन्थ्यौ त्यही सोधें। परमप्रभु भन्नुहुन्छ ‘यदि तिमीहरू साँच्चै यस देशमा बस्छौं भने, म तिमीहरूलाई बलियो बनाउँछु। म तिमीहरूलाई नष्ट गर्ने छैन। म तिमीहरूलाई जोगाउनेछु अनि तिमीहरूलाई उखाल्ने छैन कारण तिमीहरूका निम्ति मैले गरेको नराम्रो काममा म दु:खित छु। तिमीहरू बाबेलका राजासित भयभित छौ। तर अब उसँग नडराऊ। म तिमीहरूसित छु अनि म तिमीहरूलाई उबाट बचाउँने छु। म तिमीहरूलाई दया दर्शाउनेछु। बाबेलका राजाले पनि तिमीहरू प्रति दयादृष्टि राख्नेछन् अनि उसले तिमीहरूलाई आफ्नो देशमा आउने अनुमति दिनेछन्।’

यर्मिया 42:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब सबै फौजका कप्तानहरू, कारेहका छोरा योहानान र होशयाहका छोरा अजर्याहसमेत सबै दर्जाका मानिसहरूका साथमा मकहाँ आएर भने, “कृपा गरी हाम्रो बिन्तीअनुसार गर्नुहोस्। हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरसँग प्रार्थना गरिदिनुहोस्। हामी बाँचेकाहरूका निम्ति प्रार्थना गरिदिनुहोस्। एक समयमा हामी धेरै थियौं तर अब थोरै मात्र बाँकी रहेका छौं, त्यो तपाईंले देख्दै हुनुहुन्छ। हामी कुन बाटो जानुपर्छ र के गर्नुपर्छ, सो हामीलाई परमप्रभु हाम्रा परमेश्वरले देखाइदिऊन् भनी प्रार्थना गरिदिनुहोस्।” मैले उत्तर दिएँ, “हुन्छ, तपाईंहरूले भनेअनुसार म परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्नेछु र उहाँले जे उत्तर दिनुहुन्छ, त्यो तपाईंहरूलाई बताउनेछु। म तपाईंहरूबाट केही लुकाउनेछैनँ।” तब तिनीहरूले मलाई भने, “परमप्रभु हाम्रा परमेश्वरले हाम्रा निम्ति जुन आज्ञाहरू तपाईंद्वारा दिनुहुनेछ, ती हामीले पालन गरेनौं भने उहाँ नै हाम्रा विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन्। हामीहरूलाई खुसी लागोस् वा नलागोस्, हामी परमप्रभु आफ्ना परमेश्वरको आज्ञा मान्नेछौं। उहाँसित प्रार्थना गरिदिनुहोस् भनी हामी तपाईंलाई बिन्ती गर्दै छौं। उहाँको आज्ञापालन गर्नमा नै हाम्रो भलाइ छ।” दश दिनपछि परमप्रभु मसित बोल्नुभयो र मैले योहानान, उनीसित रहेका फौजका कप्तानहरू र अरू मानिसहरूलाई बोलाएर एकसाथ जम्मा गरें। मैले तिनीहरूलाई भनें, “तपाईंहरूले मलाई परमप्रभु इस्राएलका परमेश्वरकहाँ बिन्ती चढाइदिन भन्नुभएको थियो। अब उहाँले यसो भन्नुभएको छ, ‘तिमीहरू यसै देशमा बसोबास गर्न राजी छौ भने म तिमीहरूलाई बनाउनेछु तर भत्काउनेछैनँ। म तिमीहरूलाई रोपिराख्नेछु तर उखेल्नेछैनँ। तिमीहरूमाथि मैले ल्याएको विनाशले मलाई ठूलो कष्ट दिएको छ। बेबिलोनका राजाको डर मान्न छोड। म तिमीहरूका साथमा छु र तिमीहरूलाई त्यसका शक्तिबाट उद्धार गर्नेछु। म कृपालु छु, यसकारण म त्यसलाई तिमीहरूमाथि कृपा गर्न लाउनेछु। तिमीहरूलाई स्वदेश फर्की जान दिन लाउनेछु। म परमप्रभु बोलेको छु।’