यर्मिया 31:35-36
यर्मिया 31:35-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु यसो भन्नुहुन्छ: जसले दिन उज्यालो पार्नलाई सूर्य नियुक्त गर्नुहुन्छ, र राती प्रकाश दिनलाई चन्द्रमा र ताराहरूलाई आज्ञा गर्नुहुन्छ, जसले छालहरू गर्जाउनलाई समुद्र चलाउनुहुन्छ— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो। “यी विधिहरू मेरो दृष्टिबाट लुप्त भए भने मात्र इस्राएलको वंश मेरो सामु एक जाति हुनदेखि खतम हुनेछ,” परमप्रभु भन्नुहुन्छ।
यर्मिया 31:35-36 पवित्र बाइबल (NERV)
उहाँले दिनमा सूर्य उदाउने गराउनु हुन्छ, अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो। परमप्रभुले यी कुराहरू भन्नुभयो: परमप्रभुले यी कुराहरू भन्नुहुन्छ, “यदि मैले मेरो आफ्नो नियन्त्रण सूर्य, चन्द्र, तारा र समुद्रमाथि हटाएँ भने मात्र इस्राएलका भावी सन्तानहरू एक जातिमा परिणत हुन रोक्नेछन्।”
यर्मिया 31:35-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले दिउँसो उज्यालो दिन घाम र राती चम्कन जून र ताराहरू राख्नुभएको छ। उहाँले समुद्रलाई चलाउनुहुन्छ र त्यसका छालहरू गर्जन लाउनुहुन्छ। उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो। जबसम्म प्रकृतिको नियम रहला, तबसम्म इस्राएल एउटा स्थिर जाति भई रहनेछ भनी उहाँले प्रतिज्ञा गर्नुहुन्छ।