न्यायकर्ताहरू 7:16-21
न्यायकर्ताहरू 7:16-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले ती तीन सय जना मानिसहरूलाई तीन दलमा विभक्त गरे, र हरेक मानिसलाई एउटा तुरही, र भित्र राँको भएको एउटा रित्तो गाग्रो दिए। तब तिनले तिनीहरूलाई भने, “मलाई हेर, मेरो पछि लाग। जब म छाउनीको छेउमा पुग्छु, तब म जसो गर्छु तिमीहरू पनि त्यसै गर। जब म र मेरा मानिसहरूले आफ्ना तुरही फुक्छौं, तब तिमीहरूले पनि छाउनीका चारैतिर तिमीहरूका तुरही फुक, र कराएर भन, ‘परमप्रभुको निम्ति र गिदोनको निम्ति’!” गिदोन र तिनीसँग भएका एक सय मानिसहरू राती दश बजे छाउनीको छेउमा पुगे। पहरा-चौकीको पालो भर्खर फेरेको थियो। तिनीहरूले आफ्ना तुरही फुके र आफ्ना हातमा भएका गाग्रा फुटाए। ती तीनै दल सबैले आ-आफ्नो तुरही फुके र गाग्रो फुटाए। देब्रे हातमा राँको र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!” हरेक मानिस आफू बसेको ठाउँमा नै छाउनीको चारैतिर उभिरहे, र सबै मिद्यानीहरू चिच्च्याउँदै भागे।
न्यायकर्ताहरू 7:16-21 पवित्र बाइबल (NERV)
तब गिदोनले ती 300 मानिसहरूलाई तीन समूहमा विभाजन गरे। गिदोनले प्रत्येक व्यक्तिलाई एक-एक वटा तुरही र रित्तो भाँडो दिए। प्रत्येक भाँड भित्र जल्दै गरेको राँको थियो। तब गिदोनले मानिसहरूलाई भने, “मलाई हेर अनि म जसो गर्छु त्यसै गर। शत्रुको छाउनीको किनार तर्फ मेरो अनुशरण गर। जब म छाउनीको किनारमा पुग्छु, म जसो गर्छु ठीक त्यस्तै गर। तिनका मानिसहरूले शत्रुको छाउनीमा घेरा हाले। म अनि मेरो साथका समस्त मानिसहरूले आफ्ना तुरही बजाउने छौ। जब हामी हाम्रा तुरही बजाउँछौं, तिमीहरूले पनि आ-आफ्ना तुरही बजाऊ। त्यसपछि यी शब्दहरूमा कराऊः ‘परमप्रभु अनि गिदोनका निम्ति!’” यसरी गिदोनसँग 100 मानिसहरू शत्रुको छाउनीको किनार तिर गए। शत्रुले रक्षक बद्लि गरेकै पछि तिनीहरू त्यहाँ आए। यो रातको मध्य अवधि थियो। गिदोन अनि तिनका मानिसहरूले तुरही बजाए अनि भाँडो फुटाए। मानिसहरूले आफ्ना देब्रेहातमा राँको लिए अनि दाहिने हातमा तुरही लिएका थिए। ती मानिसहरूले तुरही बजाएको बेला तिनीहरू कराए, “परमप्रभुको निम्ति एक तरवार अनि गिदोनको निम्ति एक तरवार।” गिदोनका मानिसहरू जहाँ तिनीहरू थिए त्यहीं छाउनीको वरिपरि बसे, तर छाउनी भित्र मिद्यानका मानिसहरू कराउँदै भाग्न शुरू गरे।
न्यायकर्ताहरू 7:16-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उनले आफ्ना तीन सय मानिसहरूलाई तीन दलमा बाँडे। हरेक मानिसलाई उनले एउटा तुरही र एउटा भित्रपट्टि राँको बलेको गाग्रो दिए, र भने, “जब म शत्रुको छाउनीछेउमा पुग्छु, मलाई हेर्नू र म जसो गर्छु, त्यसै गर्नू। मेरा दल र मैले तुरही फुक्दा तिमीहरूले पनि छाउनीको चारैतिर आफ्ना तुरही फुक्नू र कराएर यसो भन्नू ‘परमप्रभुको निम्ति र गिदोनको निम्ति!” गिदोन र उनीसँग भएका एक सय मानिसहरू मध्यरात हुनभन्दा केही अघि छाउनीको छेउ आइपुगे। शत्रुका पहराहरू भर्खरै मात्र साटिएका थिए। तिनीहरूले तुरही फुके र आफूले बोकेको गाग्रो फुटाए। अनि अरू दुई दलले पनि त्यसै गरे। सबैले आफ्ना देब्रे हातमा राँको समाते, दायाँ हातमा तुरही लिए र कराएर भने, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!” प्रत्येक मानिस आफ्नो ठाउँमा छाउनीको चारैतिर उभिरह्यो अनि शत्रुका सारा सेना चिच्च्याउँदै भागे।