यशैया 66:14
यशैया 66:14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस्तो भएको देखेर तिमीहरू हर्षित हुनेछौ र घाँसझैँ मौलाउनेछौ। तब तिमीहरूले जान्नेछौ कि म परमप्रभुले मेरा आज्ञा पालन गर्नेहरूलाई मद्दत गर्दछु र मेरा शत्रुहरूलाई आफ्नो क्रोध देखाउँदछु।”
यशैया 66:14 पवित्र बाइबल (NERV)
तिमीहरूले ती चीजहरू देख्नेछौ जसले तिमीहरूलाई साँच्चै आनन्दित तुल्याउनेछ। तिमीहरू स्वतन्त्र हुनेछौ र घाँस जस्तो बढ्नेछौ। परमप्रभुका सेवकहरूले उहाँको शक्ति देख्नेछन्, तर उहाँका शत्रुहरूले उहाँको रिस मात्र देख्नेछन्।
यशैया 66:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तिमीहरूले यो देख्नेछौ तब तिमीहरूका हृदय रमाउनेछन्, र तिमीहरू घाँसझैँ भरिला हुनेछौ। परमप्रभुको हात आफ्ना दासहरूतिर पसारेको तर उहाँको क्रोधचाहिँ उहाँका शत्रुहरूमाथि भएको थाहा गराइनेछ।
यशैया 66:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिमीहरूले यो देख्छौ, तिमीहरूका हृदय रमाउनेछन्, र तिमीहरू घाँसझैँ मौलाउनेछौ; याहवेहको मदतको हात उहाँका सेवकहरूमाथि पसारिनेछ, तर उहाँको क्रोध उहाँका शत्रुहरूमाथि देखाइनेछ।