यशैया 58:10-12
यशैया 58:10-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि सम्पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्ति दियौ, र अत्याचारमा परेकाहरूको आवश्यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्योति अँध्यारोमा चम्कनेछ र तिमीहरूको रात मध्यदिनजस्तै हुनेछ। परमप्रभुले तिमीहरूलाई निरन्तर डोर्याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्तुष्ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्त पानीले भिजाएको बगैँचाझैँ र नसुक्ने पानीको मूलझैँ हुनेछौ। तिमीहरूका मानिसहरूले पुराना भग्नावशेष फेरि बनाउनेछन्। धेरै पुराना जगहरू तिनीहरूले उठाउनेछन्। तिमीहरू ‘भत्केका पर्खालहरू निर्माण गर्ने’ र ‘बस्ने घरहरूका निम्ति बाटो फेरि नयाँ बनाउनेहरू’ भनिनेछौ।

यशैया 58:10-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि तिमीहरू भोकाहरूका पक्षमा खडा भयौ, र शोषणमा परेकाहरूका खाँचो पूरा गरिदियौ भने, तिमीहरूका ज्योति अन्धकारमा चम्कनेछ; अनि अन्धकारचाहिँ मध्यदिनझैँ हुनेछ। याहवेहले तिमीहरूलाई सधैँ अगुवाइ गर्नुहुनेछ; उहाँले सुक्खा भूमिमा पनि तिमीहरूलाई तृप्त पार्नुहुनेछ; अनि तिमीहरूको शरीर बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्त पानी सिँचेको बगैँचाझैँ, र कहिल्यै नसुक्ने पानीको मूलझैँ हुनेछौ। तिमीहरूका मानिसहरूले प्राचीन भग्नावशेषहरू पुनर्निर्माण गर्नेछन्; अनि पुस्तौँदेखिका जगहरू खडा गर्नेछन्; तिमीहरू भत्किएका पर्खाल मर्मत गर्नेहरू, सडकहरूमा बसोबास गर्नलाई सडकहरू बनाउनेहरू भनिनेछौ।
यशैया 58:10-12 पवित्र बाइबल (NERV)
तिमीहरूले भोको मानिसहरूसँग दु: ख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ। तिनीहरूको खाँचो समाधान पारिदिनु पर्छ। तब तिमीहरूका ज्योति अँध्यारोमा चम्कनेछ। अनि तिमीहरूले दु: ख पाउनेछैनौ। तिमीहरू मध्यदिनको उज्यालो सूर्योदय जस्तो हुनेछौ। परमप्रभुले सधैँ तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुख्खा जमीनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीरूमा शक्ति भरिदिनु हुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैंचा जस्तो हुनेछौ। तिमीहरू सदा-सर्वदा रहने पानीको स्रोत जस्तै हुनेछौ। तिमीहरूका शहरहरू धेरै बर्षदेखि नै ध्वंश भइसकेको हो। ती शहरहरू फेरि नयाँ गरी बनाउनेछौ। नयाँ शहरहरू तिमीहरूले त्यही पुरानो जगहरूमाथि नै बनाउनेछौ। तिमीहरूलाई “भत्केका पर्खालहरू निर्माण गर्ने” भनेर बोलाइनेछ तिमीहरूलाई, “बाटोहरू र घरहरू बनाउनेहरू भनेर बोलाउनेंछन्।”
यशैया 58:10-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भोकालाई खुवायौ र अत्याचारमा परेकाहरूको खाँचो पूरा गरिदियौ भने तिमीहरूको चारैपट्टिको अन्धकार बदलिएर मध्यदिनको उज्यालोझैँ हुनेछ। अनि म सदा तिमीहरूको अगुवाइ गर्नेछु र असल कुराले तृप्त गराउनेछु। म तिमीहरूलाई स्वस्थ र तन्दुरुस्त राख्नेछु। पुग्दो पानी पाएको बगैँचाझैँ, कहिले नसुक्ने फोहोराझैँ तिमीहरू हुनेछौ। तिम्रा मानिसहरूले धेरै दिनदेखि ध्वस्त भएका ठाउँ फेरि बनाउनेछन्; पुरानो जगमाथि नै फेरि बनाउनेछन्। तिमीहरूलाई पर्खाल फेरि बनाउने अनि भत्केका घरहरू बनाउने जाति हो भनी चिन्नेछन्।”