यशैया 49:5
यशैया 49:5 पवित्र बाइबल (NERV)
परमप्रभुले मलाई आमाको गर्भमा सिर्जना गर्नु भयो ताकि याकूब र इस्राएललाई उहाँ समक्ष फर्काउनका लागि उहाँको सेवक हुन सकुँ। परमप्रभुले मलाई सम्मान गर्नुहुनेछ। म परमेश्वरबाट आफ्नो बल पाउनेछु।
शेयर गर्नुहोस्
यशैया 49 पढ्नुहोस्यशैया 49:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब परमप्रभु भन्नुहुन्छ— जसले मलाई उहाँको दास हुन, याकूबलाई फेरि उहाँकहाँ ल्याउन, र इस्राएललाई उहाँकहाँ जम्मा गर्न गर्भदेखि नै रच्नुभयो, किनकि परमप्रभुको दृष्टिमा म मानको गनिएको छु, र मेरा परमेश्वर मेरो बल हुनुभएको छ
शेयर गर्नुहोस्
यशैया 49 पढ्नुहोस्यशैया 49:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसैले अब याहवेह भन्नुहुन्छ— उहाँ जसले याकोबलाई उहाँकहाँ फर्काएर ल्याउन, र इस्राएललाई आफूकहाँ भेला गराउन, मलाई उहाँको सेवक हुन भनी गर्भैमा रच्नुभयो; किनकि म याहवेहको दृष्टिमा सम्मानित भएको छु, र मेरा परमेश्वर नै मेरो बल हुनुभएको छ।
शेयर गर्नुहोस्
यशैया 49 पढ्नुहोस्