YouVersion लोगो
खोज आइकन

यशैया 46:9-13

यशैया 46:9-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अघि-अघिका पुराना कुराहरूलाई सम्‍झ। म परमेश्‍वर हुँ, र अरू कोही छैनँ। म परमेश्‍वर हुँ, मजस्‍तै अरू कोही छैन। आदिदेखि अन्‍तसम्‍मको, र प्राचीन समयदेखि हुन आउनेसम्‍मको जानकारी म दिन्‍छु। म भन्‍छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु। पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढ़ा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु। मैले जे भनेको छु, त्‍यो म गर्नेछु। मैले जे योजना बनाएको छु, म त्‍यो गर्ने नै छु। हे हठी हृदयका र धार्मिकताबाट टाढ़ा रहेका हो, मेरो कुरा ध्‍यानसित सुन। म आफ्‍नो धार्मिकता नजिक ल्‍याइरहेछु, त्‍यो टाढ़ा छैन, र मेरो उद्धारले बियाँलो गर्नेछैन। म सियोनलाई उद्धार प्रदान गर्नेछु। मेरो ऐश्‍वर्य इस्राएललाई प्रदान गर्नेछु।

शेयर गर्नुहोस्
यशैया 46 पढ्नुहोस्

यशैया 46:9-13 पवित्र बाइबल (NERV)

त्यो धेरै बर्ष अघाडी घटेको घटना सम्झ। सम्झ म परमेश्वर हुँ। त्यहाँ अन्य कोही परमेश्वर छैन्। ती झूटा देवताहरू म जस्ता छैनन्। “शुरूमा मैले जो कुराहरू भनें ती अन्तमा हुनेछन्। धेरै बर्ष अघि घटनाहरूको बारेमा मैले भनेको थिएँ जो घटित भएका छैनन्। जब म कुनै योजना गर्छु त्यो अवश्य नै हुनेछ। म ती कुराहरू आफ्नो इच्छाले गर्छु। अनि म मानिसलाई पूर्वबाट बोलाइरहेछु। त्यो मानिस चील जस्तै हुनेछ। ऊ धेरै टाढा देशबाट आउने छ, म ती कुराहरू गर्ने निर्णय गर्छु। म तिमीलाई भनिरहेछु कि म यो गर्ने छु अनि म गर्ने नै छु। मैले उसलाई बनाएँ र उसलाई ल्याउनेछु। “तिनीहरू कतिजनाले सोच्छौ कि तिमीसँग ठूलो शक्ति छ, मलाई ध्यान दिएर सुन्। तर तिमीले राम्रो कामहरू गरेनौ। म धार्मिक कामहरू गर्नेछु। चाँडो गरि म मेरो मानिसहरू बचाउँनेछु। म सियोनलाई उद्धार गर्नेछु। मेरो आश्चर्यपूर्ण इस्राएलका निम्ति ल्याउनेछु।”

शेयर गर्नुहोस्
यशैया 46 पढ्नुहोस्

यशैया 46:9-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

धेरै अघि नै के भएको थियो, त्‍यो याद गर। म मात्र परमेश्‍वर हुँ र अरू कोही मजस्‍तो छैन भनी स्‍वीकार गर। सुरुदेखि नै अन्‍तिम नतिजा के हुने हो, मैले अघिबाटै भनिसकेको छु, मैले भनेको थिएँ कि मेरा युक्तिहरू सफल हुनेछन् र आफ्‍नो इच्‍छाअनुसार म सबै कुरा गर्नेछु। मैले एउटा मानिसलाई पूर्वबाट बोलाएको छु, बाजझैँ झम्‍टेर आउनेछ र मेरो युक्ति पूरा गरिदिँदछ। म बोलेको छु र यो हुन्‍छ नै। “ए ढिट मानिसहरू हो, मेरो कुरा सुन। उद्धार टाढै छ भनी तिमीहरू ठान्‍छौ। म उद्धारको दिन नजिक ल्‍याउँदै छु, त्‍यो टाढा छँदैछैन। मेरो उद्धार ढीलो हुनेछैन, म यरूशलेमलाई बचाउनेछु र इस्राएललाई आदर दिनेछु।”

शेयर गर्नुहोस्
यशैया 46 पढ्नुहोस्