YouVersion लोगो
खोज आइकन

यशैया 46:9-13

यशैया 46:9-13 NNRV

अघि-अघिका पुराना कुराहरूलाई सम्‍झ। म परमेश्‍वर हुँ, र अरू कोही छैनँ। म परमेश्‍वर हुँ, मजस्‍तै अरू कोही छैन। आदिदेखि अन्‍तसम्‍मको, र प्राचीन समयदेखि हुन आउनेसम्‍मको जानकारी म दिन्‍छु। म भन्‍छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु। पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढ़ा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु। मैले जे भनेको छु, त्‍यो म गर्नेछु। मैले जे योजना बनाएको छु, म त्‍यो गर्ने नै छु। हे हठी हृदयका र धार्मिकताबाट टाढ़ा रहेका हो, मेरो कुरा ध्‍यानसित सुन। म आफ्‍नो धार्मिकता नजिक ल्‍याइरहेछु, त्‍यो टाढ़ा छैन, र मेरो उद्धारले बियाँलो गर्नेछैन। म सियोनलाई उद्धार प्रदान गर्नेछु। मेरो ऐश्‍वर्य इस्राएललाई प्रदान गर्नेछु।