यशैया 45:2-3
यशैया 45:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तेरो अगिअगि जानेछु, र पर्वतहरूलाई समतल पार्नेछु। काँसाका ढोकाहरू म टुक्रा-टुक्रा पार्नेछु, र फलामका बारहरू काट्नेछु। म परमप्रभु हुँ, म नै इस्राएलका परमेश्वर हुँ, मैले नै तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु भनेर तैंले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु।
यशैया 45:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तेरो अगि-अगि जानेछु, र पर्वतहरूलाई समतल पारिदिनेछु; म काँसाका मूलढोकाहरू भत्काइदिनेछु; अनि फलामका बारहरू म काटिदिनेछु। म नै याहवेह हुँ, म नै इस्राएलका परमेश्वर हुँ; मैले नै तँलाई तेरो नाम काढेर बोलाएको छु भनेर तैँले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेका धन दिनेछु।
यशैया 45:2-3 पवित्र बाइबल (NERV)
कोरेस, तिम्रा सेनाहरूले अघि बढ्नेछन् अनि म तिम्रो अघाडी जानेछु। म पर्वतहरू मैदान तुल्य पारिदिनेछु। म शहरका काँसाका प्रवेशद्वारहरू भत्काइदिनेछु। म फलामका ढोकाको बारहरू काटिदिनेछु। म तिमीलाई त्यो धन दिनेछु जसले अन्धकारमा बँचाउनेछ। म तिमीलाई ती गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु। म यसो गर्ने छु ताकि तिमीहरूले म इस्राएलको परमप्रभु परमेश्वर हुँ, भनेर जान्नेछौ। अनि म तिमीलाई तिम्रो नाउँले बोलाउने छु।
यशैया 45:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“म आफैं तेरो बाटो तयार पार्नेछु, डाँडा र पर्वत समतल पारिदिनेछु। म काँसाका मूल-ढोकाहरू तोडिदिनेछु र तिनका फलामका गजबारहरू टुक्रा-टुक्रा पारिदिनेछु। म तँलाई गुप्त र अँध्यारो ठाउँहरूबाट धन-सम्पत्ति दिलाउनेछु, तब तैँले थाहा पाउनेछस् कि म नै परमप्रभु हुँ र इस्राएलका परमेश्वरले तँलाई नामद्वारा बोलाउनुभएको छ।