हिब्रू 7:23-25
हिब्रू 7:23-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अघिका पूजाहारीहरू धेरै संख्यामा थिए, किनकि मृत्युले तिनीहरूलाई कार्यमा लागिरहन दिँदैनथ्यो। तर येशूचाहिँ अनन्त हुनुभएकोले उहाँको पूजाहारी पद अटल रहन्छ। फलस्वरूप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ। किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढ़ाउन उहाँ सदैव जीवित रहनुहुन्छ।
हिब्रू 7:23-25 नेपाली समकालीन संस्करण (NCV)
अब धेरै पूजाहारीहरू भएर आए, तर मृत्युले तिनीहरूलाई निरन्तर पूजाहारीको काम गरिरहन दिएन। तर येशूचाहिँ सधैं बाँचिरहनुहुने हुनाले उहाँको पूजाहारीपन अनन्तको लागि नै छ। यसकारण जतिजना उहाँद्वारा परमेश्वरमा आउँछन्, तिनीहरूलाई सदा-सर्वदा पूर्णतया बचाउन सक्नुहुन्छ; किनकि तिनीहरूका मध्यस्थता गर्न उहाँ सधैं जिउनुहुन्छ।
हिब्रू 7:23-25 पवित्र बाइबल (NERV)
अन्य पूजाहारीहरूलाई पूजाहारी भइरहनबाट मृत्युले रोक्यो। त्यसैले धेरै पूजाहारीहरू भए। तर येशू सदा जीवित हुनुहुन्छ र आफ्नो पूजाहारीपन छोड्नु हुन्न। यसैले जो पनि उहाँको मार्फत परमेश्वरकहाँ आउँछन् ख्रीष्टले तिनीहरूलाई बचाउनु हुन्छ। ख्रीष्टले यो सदाकाल गर्नसक्नु हुन्छ, किनभने जो परमेश्वरकहाँ आउँछ त्यसको सहायताको निम्ति उहाँ सधैँ बाँच्नुहुन्छ।
हिब्रू 7:23-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अर्को भिन्नता के थियो भने ती अरू पूजाहारीहरूको सङ्ख्या धेरै भएको थियो, कारण तिनीहरू मरेर जानुपरेकोले आफ्नो सेवा सधैँभरि गर्न सकेनन्। तर येशू भने सधैँ बाँचिरहनुहुन्छ, उहाँ सधैँभरिका लागि पूजाहारी हुनुहुन्छ। यसैकारण येशूमा विश्वास गरेर परमेश्वरकहाँ आउनेहरूलाई उहाँले अहिले र सधैँभरिका लागि बचाउन सक्नुहुन्छ किनभने तिनीहरूका लागि परमेश्वरसँग प्रार्थना गर्न उहाँ सधैँभरि रहनुहुन्छ।