YouVersion लोगो
खोज आइकन

हिब्रू 4:13-16

हिब्रू 4:13-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमेश्‍वरको दृष्‍टिमा सृष्‍टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्‍ने सबै कुरा स्‍पष्‍ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ। आकाश छिचोलेर जानुभएका परमेश्‍वरका पुत्र येशू हाम्रा महान्‌ प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्‍कासँग स्‍वीकार गरेको यो विश्‍वास थामिराखौं। किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्‍ने हुनुहुन्‍न। तर हामीजस्‍तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्‍थ्‍यो। यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं।

शेयर गर्नुहोस्
हिब्रू 4 पढ्नुहोस्

हिब्रू 4:13-16 नेपाली समकालीन संस्करण (NCV)

अनि सारा सृष्‍टिमा भएको कुनै पनि थोक परमेश्‍वरको सृष्‍टिबाट लुकेको छैन। हामीले आफ्नो हिसाब बुझाउनु पर्नेका आँखामा सबै थोकहरू खुला र उदाङ्गो हुन्छन्। यसकारण स्वर्ग छिचोलेर जानुहुने परमेश्‍वरको पुत्र येशू, महान् प्रधान पूजाहारी, हामीसँग हुनुभएकोले, हामीले स्वीकार गरेको विश्‍वासलाई दृढतापूर्वक थामिराखौं। किनकि हामीसँग हाम्रा दुर्बलताहरूमा सान्त्वना दिन नसक्ने प्रधान पूजाहारी होइन, तर हामीसँग त यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो हामीझैं हर प्रकारले परीक्षित हुनुभएर पनि पापरहित हुनुहुन्छ। यसकारण हामी आत्मविश्‍वासका साथ अनुग्रहको सिंहासनको नजिक जाऔं, ताकि हाम्रा खाँचोहरूका समयमा हामीलाई दया र अनुग्रह प्राप्‍त होस्।

शेयर गर्नुहोस्
हिब्रू 4 पढ्नुहोस्

हिब्रू 4:13-16 पवित्र बाइबल (NERV)

संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ। हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ। उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं। हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन। येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।

शेयर गर्नुहोस्
हिब्रू 4 पढ्नुहोस्

हिब्रू 4:13-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरले देख्‍न नसक्‍ने कुनै कुरा छैन। उहाँका अघि सबै कुरा खुल्‍ला छन् र छर्लङ्गै देखिन्‍छन्। उहाँलाई नै हामी आफैंले गरेका कामको लेखा दिनुपर्छ। यसकारण हामीले मान्‍दैआएको विश्‍वासमा अझ दरिलो भएर बसौं किनभने स्‍वर्गमा जानुभएका परमेश्‍वरका पुत्र येशू नै हाम्रा महान् प्रधान पूजाहारी हुनुहुन्‍छ। हाम्रा प्रधान पूजाहारी हाम्रो कमजोरीलाई बुझिदिन नसक्‍ने पूजाहारी हुनुहुन्‍न। हाम्रा पूजाहारी पापले फसाउने सबै कुरामा हामीजस्‍तै जाँचिनुभयो, तर पाप गर्नुभएन। त्‍यसो हुँदा हामीले पटक्‍कै डर नमानी परमेश्‍वरको सिंहासनअघि जाऔं। त्‍यहाँ खाँचो परेको बेला हामीले कृपा र अनुग्रह पाउनेछौं।

शेयर गर्नुहोस्
हिब्रू 4 पढ्नुहोस्