हिब्रू 4:1-2
हिब्रू 4:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण परमेश्वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदाछँदै हामी होशियार रहौं र तिमीहरूमध्ये कोही पनि त्यस प्रतिज्ञादेखि वञ्चित नहोस्। किनकि हामीलाई पनि तिनीहरूलाई झैँ सुसमाचार प्रचार गरिएको हो। तर सुनेको वचनले तिनीहरूलाई केही फाइदा भएन, किनकि सुन्नेहरूले विश्वासपूर्वक यिनलाई ग्रहण गरेनन्।
हिब्रू 4:1-2 नेपाली समकालीन संस्करण (NCV)
यसकारण त्यस विश्राममा प्रवेश गर्न पाउने प्रतिज्ञा अझै पनि रहेकोले तिमीहरूमध्ये कोही पनि वञ्चित हुन नपरोस् भनी हामी होसियार रहौं। किनकि तिनीहरूलाई झैं हामीलाई पनि सुसमाचार प्रचार गरिएको हो, तर तिनीहरूले सुनेको सन्देश तिनीहरूलाई लाभदायक भएन, किनभने तिनीहरूले आज्ञा पालन गर्नेहरूको जस्तो विश्वास गरेनन्।
हिब्रू 4:1-2 पवित्र बाइबल (NERV)
परमेश्वरले तिनीहरूलाई दिएको प्रतिज्ञा हामीलाई पनि हो। त्यो प्रतिज्ञा यो हो कि हामी प्रवेश गर्न र परमेश्वरको विश्राम लिन सक्छौं। हामी सर्तक हुनुपर्छ कि हामीले त्यो प्रतिज्ञा पाउन चुक्नु हुँदैन। जस्तो तिनीहरूलाई भनियो त्यस्तै प्रकारले बाँच्ने उपाय हामीलाई पनि बताइएको छ। तर तिनीहरूले उपदेश त सुने तर विश्वाससित ग्रहण गरेनन्।
हिब्रू 4:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीहरूलाई विश्राम दिन्छु भनेर परमेश्वरले गर्नुभएको प्रतिज्ञा अझै पनि छ। त्यसकारण होश राखौं र त्यस विश्राम पाउने ठाउँमा पस्न नपाउने तिमीहरूमा कोही पनि नहोस् किनभने पुर्खाहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको छ। तर तिनीहरूलाई दिइएको सुसमाचार व्यर्थ भयो किनभने उनीहरूले सुनेका कुरामा विश्वास गरेनन्।