हिब्रू 2:7-9
हिब्रू 2:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंले तिनलाई अलि बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही तल होच्याउनुभयो। तपाईंले तिनलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ। तपाईंले सब थोक तिनका चरणमुनि राखिदिनुभयो।” मानिसको अधीनमा सब थोक राख्नुहुँदा तिनको अधीनबाहिर केही रहन दिनुभएन। तर यस वर्तमान समयमा सब थोक मानिसको अधीनमा भएको हामी देख्दैनौं। तर हामी येशूलाई देख्तछौं। उहाँ अलि बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही तल होच्याइनुभयो, मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा हरेक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाखून्।
हिब्रू 2:7-9 नेपाली समकालीन संस्करण (NCV)
तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको बनाउनुभयो, तपाईंले तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनुभयो, सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो।” मानिसको अधीनतामा सब थोक राख्नुहुँदा उहाँको अधीनबाहिर केही रहन दिनुभएन; तर यस वर्तमान समयमा सबै थोक उहाँको अधीनतामा भएको हामी देख्दैनौं। तर हामी येशूलाई देख्छौं, जसलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याइएको थियो, अब मृत्यु सहनुभएकोले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ; ताकि परमेश्वरको अनुग्रहद्वारा उहाँले हरेकको निम्ति मृत्यु चाखून्।
हिब्रू 2:7-9 पवित्र बाइबल (NERV)
छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो। तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो, अनि सबैकुराहरू तपाईंले उसैको अधीनमा ल्याई दिनुभयो।” परमेश्वरले “सबैकुरा उसैको अधीनमा ल्याई दिनुभयो” भन्ने भनाइले भन्दा उहाँको अधीनदेखि बाहिर केही रहेन भन्ने बुझिन्छ। तर हामी उहाँले सबैमाथि शासन गरेको देख्दैनौं। केही समयको निम्ति येशू स्वर्गदूतहरू भन्दा निम्नको बनाइनुभएको थियो। तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौ किनकि उहाँले कष्ट भोग्नु भयो र क्रूसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले येशूले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नुभयो।
हिब्रू 2:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“तपाईंले केही समयको लागि मानिसलाई स्वर्गदूतभन्दा सानो बनाउनुभयो। उसलाई महिमा र आदरको मुकुट लाइदिनुभयो। सबै कुरा उसैको अधीनमा राखिदिनुभयो।” यहाँनेर भनिएको छ, “परमेश्वरले सबै कुरा मानिसको अधीनमा राखिदिनुभयो। यसको अर्थ हुन्छ कि उसको अधीनमा नभएको कुनै कुरा पनि छैन।” हुन त अहिले हामी सबै कुरा मानिसको अधीनमा भएको देख्दैनौं। तर हामी केही बेरको लागि स्वर्गदूतभन्दा अलिकति सानो हुनुभएको येशूलाई देख्छौं। परमेश्वरको अनुग्रहले गर्दा नै उहाँ सबैका लागि मरिदिनुभयो। बलिदान भएर मरिदिनुभएकोले उहाँले महिमा र आदरको मुकुट पाउनुभएको छ।