हिब्रू 2:10-11
हिब्रू 2:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वर, जसका निम्ति र जसद्वारा सबै कुरा अस्तित्वमा छन्, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्ति दिने येशूलाई कष्टहरूद्वारा सिद्ध तुल्याउन उचित लाग्यो। मानिसहरूलाई पवित्र तुल्याउनुहुने येशू र पवित्र तुल्याइएकाहरू दुवै एउटै परिवारबाटका हुन्। यसकारण येशूले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू भन्न शर्माउनुभएन।
हिब्रू 2:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यो उचित थियो, कि परमेश्वर, जसको निम्ति र जसद्वारा सबै थोकको अस्तित्व छ, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्तिका कर्ता येशूलाई कष्टहरूद्वारा सिद्ध तुल्याउनुभयो। किनकि पवित्र तुल्याउनुहुने र पवित्र तुल्याइएकाहरू पनि सबै एउटै परिवारका हुन्। त्यसैकारण तिनीहरूलाई भाइ भन्नमा येशू शर्माउनुहुन्न।

हिब्रू 2:10-11 पवित्र बाइबल (NERV)
परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबैकुरा बनाउनुभयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे-जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्ति तर्फ डोर्याउनु हुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा येशूलाई पूर्ण बनाउनुभयो। उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न।
हिब्रू 2:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सृष्टिका सबै कुरा परमेश्वरबाट र उहाँकै लागि बनिएका छन्। धेरै छोरा-छोरीसँग आफ्नो सम्मान् बाँड्नुहुने परमेश्वरको निम्ति मुक्ति दिने येशूलाई दु:ख-भोगद्वारा सिद्ध पार्न उचित थियो। मानिसलाई पवित्र बनाउनुहुने येशू र पवित्र बनाइएका सबैका एउटै पिता छन्। यसैकारण येशू आफैंले पवित्र बनाउनुभएकाहरूलाई ‘भाइहरू’ भन्न अप्ठ्यारो मान्नुहुन्न।