हिब्रू 12:6-7
हिब्रू 12:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताड़ना दिनुहुन्छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ।” ताड़नाको निम्ति नै तिमीहरू कष्ट सहन्छौ। परमेश्वरले तिमीहरूसँग छोरालाई झैँ व्यवहार गर्नुहुन्छ। किनकि बाबुले ताड़ना नदिएको कुनचाहिँ छोरा हुन्छ र?
हिब्रू 12:6-7 नेपाली समकालीन संस्करण (NCV)
किनकि परमेश्वरले आफूले प्रेम गरेकाहरूलाई अनुशासन गर्नुहुन्छ, अनि आफूले पुत्र भनी ग्रहण गरेकाहरूलाई उहाँले दण्ड दिनुहुन्छ।” कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्वरले तिमीहरूलाई सन्तानहरूझैं व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासन नगरेको कुनचाहिँ पुत्र होला र?
हिब्रू 12:6-7 पवित्र बाइबल (NERV)
प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ, जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।” त्यसैले हरेक दु:खलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्।
हिब्रू 12:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने आफूले प्यार गरेकाहरूलाई नै उहाँले तह लाउन चाहनुहुन्छ अनि आफ्नै छोरा सम्झेका जतिलाई उहाँले सजाय पनि दिनुहुन्छ।” बुबाले नै तह लाउन खोजेका हुन् भन्ने सम्झेर तिमीहरू दु:ख सहने गर। परमेश्वरले तिमीहरूलाई आफ्नै छोरा-छोरीलाई झैँ व्यवहार गर्नुहुन्छ भनेर तिमीहरूले सहनुपरेको दु:खले देखाउँछ।