हाग्गै 2:4-5
हाग्गै 2:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु भन्नुहुन्छ, ‘तर अब हे यरुबाबेल, साहस गर्, र हे यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू, साहस गर्।’ परमप्रभु भन्नुहुन्छ, ‘देशका सबै प्रजा हो, साहस गर, काम सुरु गर। किनकि म तिमीहरूका साथमा छु’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “तिमीहरू मिश्रदेशबाट निस्केर आउँदा मैले तिमीहरूसँग गरेको प्रतिज्ञा यही हो, अनि मेरो आत्मा तिमीहरूका साथमा रहेकै छ। तिमीहरू नडराओ’।
हाग्गै 2:4-5 पवित्र बाइबल (NERV)
तर यरूबाबेल, अब तिमी साहसी बन! परमप्रभु यसो भन्नु हुन्छ, ‘यहोसादाकका छोरा महायाजक यहोशू, तिमी पनि साहसी बन अनि सबै जातिका मानिसहरू तिमीहरू पनि साहसी बन!’ परमप्रभु यसो पनि भन्नु हुन्छ। ‘काम गर! किनभने म तिमीहरूसँग छु।’” परमप्रभु सर्वशक्तिमान यसो भन्नुहुन्छ। परमप्रभु भन्नुहुन्छ, “‘जहाँ सम्म मेरो भाकलको कुरा छ, जुन मैले तिमीहरूसँग मिश्र देशबाट बाहिर निस्केको समयमा भनेको थिएँ, नडराऊ मेरो आत्मा तिमीसित छ।’