YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 4:1-8

उत्‍पत्ति 4:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्‍माएँ।” फेरि तिनले कयिनको भाइ हाबिललाई जन्‍माइन्‌। हाबिल भेड़ा-गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए। केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्‍जनीबाट केही ल्‍याए। तर हाबिलले आफ्‍ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्‍याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, तर कयिन र उनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्‍यादै रिसाए, र उनको मुख अँध्‍यारो भयो। तब परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस्‌? तेरो मुख किन अँध्‍यारो छ? यदि तैंले जे ठीक छ त्‍यो गरिस्‌ भने तँ ग्रहणयोग्‍य हुँदैनस्‌ र? तर यदि तैंले ठीक काम गरिनस्‌ भनेता पाप तेरो ढोकैमा ढुकिबस्‍छ। त्‍यसको इच्‍छा तँप्रति हुन्‍छ, तर तैंले त्‍यसलाई अधीन गर्नैपर्छ।” कयिनले आफ्‍ना भाइ हाबिललाई भने, “आऊ, हामी बाहिर खेतमा जाऔं।” अनि जब तिनीहरू खेतमा थिए तब कयिनले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 4 पढ्नुहोस्

उत्‍पत्ति 4:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

आफ्नी पत्नी हव्वासित आदमको सहवास भयो; अनि तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “याहवेहको सहायताले मैले एक जना मानिसलाई जन्म दिएकी छु।” त्यसपछि तिनले कयिनको भाइ हाबिललाई जन्माइन्। अब हाबिल भेडाबाख्राका गोठाला भए, र कयिनचाहिँ खेतको काम गर्ने भए। केही समय बितेपछि कयिनले याहवेहलाई भेटी चढाउन आफ्नो उब्जनीबाट केही ल्याए। अनि हाबिलले पनि आफ्ना बगालका पहिले जन्मेका मोटा पाठाहरूबाट केही असल भागहरू ल्याए। याहवेहले हाबिल र तिनको भेटीलाई निगाहको दृष्‍टिले हेर्नुभयो; तर कयिनलाई र तिनको भेटीलाई चाहिँ निगाहको दृष्‍टिले हेर्नुभएन। यसकारण कयिन रिसले चुर भए, र तिनको मुख अँध्यारो भयो। तब याहवेहले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन उदास छ? तैँले जे ठिक छ, सो गरिस् भने के तँ स्वीकारयोग्य हुँदैनस् र? तर तैँले जे ठिक छ, सो गरिनस् भने पाप तेरो ढोकामा ढुकिबसेको छ; त्यसले तँलाई अधीनमा राख्न खोज्छ, तर तैँले त्यसलाई अधीन गर्नैपर्छ।” त्यसपछि कयिनले आफ्नो भाइ हाबिललाई भने, “आइज, हामी बाहिर खेतमा जाऔँ।” अनि जब तिनीहरू खेतमा थिए, तब कयिनले आफ्नो भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 4 पढ्नुहोस्

उत्‍पत्ति 4:1-8 पवित्र बाइबल (NERV)

आफ्नी पत्नी हव्वासँग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन। तिनले भनिन, “परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।” तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन। हाबिल भेंडा गोठालो भयो अनि कयिन खेतीवाला भयो। केही समय पश्चात कयिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेटीस्वरुप चढाउन ल्यायो। हाबिलले पनि आफ्नो भेंडाको बथानबाट पहिले जन्मेको भेंडाको उत्तम भाग चढाउन ल्यायो। अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो। तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन। यसर्थ कयिन साहै रिसायो र दुःखी भयो। परमप्रभुले कयिनलाई सोध्नु भयो, “तँ किन रिसाएको छस्? तँ किन आफ्नो अनुहार अँध्यारो पार्दछस्? यदि तैंले राम्रो काम गरिस् भने म तँलाई स्वीकार गर्छु अनि तैंले नराम्रो काम गरिस् भने पापले तँलाई एकदमै नियन्त्रण गर्नेछ तर तँ यसको मालिक हुनै पर्छ।” कयिनले उसको भाइलाई भने, “हामी खेतमा जाऔं!” अनि तिनीहरू खेतमा गएका थिए, कयिनले उसको भाइलाई आक्रमण गरी तिनलाई मार्यो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 4 पढ्नुहोस्

उत्‍पत्ति 4:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

आदम आफ्‍नी स्‍वास्‍नीसँग सुते र उनी गर्भवती भइन्‌। उनले एउटा छोरो जन्‍माइन्‌ र भनिन्‌, “परमप्रभुको सहायताले मैले एउटा छोरो पाएकी छु।” उनले त्‍यसको नाम कयिन राखिन्‌। पछि उनले अर्को छोरो हाबिल जन्‍माइन्‌। हाबिल गोठाला भए तर कयिनले खेतबारीको काम गर्थे। केही समयपछि कयिनले खेतीको केही उब्‍जनी ल्‍याएर परमप्रभुलाई भेटी चढाए। तब हाबिलले आफ्‍ना बथानको एउटा भेडाले ब्‍याएको पहिलो पाठो ल्‍याए र मारे र त्‍यसको सबैभन्दा राम्रो भाग भेटी चढायो। परमप्रभु हाबिल र उनको भेटीसँग प्रसन्‍न हुनुभयो, तर कयिन र उनको भेटीचाहिँ अस्‍वीकार गर्नुभयो। कयिन झोकिए र रिसले अनुहार बिगारे। तब परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाइस्? तेरो अनुहार किन बिग्रियो? तैँले ठीक काम गरेको भए, तँ हाँस्‍न पाउनेथिइस् तर तैँले खराब काम गरिस् र पाप तेरो ढोकामा आई ढुकिरहेको छ। त्‍यसले तँलाई अधीन गर्न खोज्‍छ तर तैँले त्‍यसलाई अधीन गर्नुपर्छ।” तब कयिनले आफ्‍नो भाइ हाबिललाई भने, “आइज, हामी खेतमा जाऔं।” तिनीहरू खेतमा पुगेपछि कयिन भाइमाथि जाइलागे र त्‍यसलाई मारे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 4 पढ्नुहोस्