आदम आफ्नी स्वास्नीसँग सुते र उनी गर्भवती भइन्। उनले एउटा छोरो जन्माइन् र भनिन्, “परमप्रभुको सहायताले मैले एउटा छोरो पाएकी छु।” उनले त्यसको नाम कयिन राखिन्। पछि उनले अर्को छोरो हाबिल जन्माइन्। हाबिल गोठाला भए तर कयिनले खेतबारीको काम गर्थे। केही समयपछि कयिनले खेतीको केही उब्जनी ल्याएर परमप्रभुलाई भेटी चढाए। तब हाबिलले आफ्ना बथानको एउटा भेडाले ब्याएको पहिलो पाठो ल्याए र मारे र त्यसको सबैभन्दा राम्रो भाग भेटी चढायो। परमप्रभु हाबिल र उनको भेटीसँग प्रसन्न हुनुभयो, तर कयिन र उनको भेटीचाहिँ अस्वीकार गर्नुभयो। कयिन झोकिए र रिसले अनुहार बिगारे। तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाइस्? तेरो अनुहार किन बिग्रियो? तैँले ठीक काम गरेको भए, तँ हाँस्न पाउनेथिइस् तर तैँले खराब काम गरिस् र पाप तेरो ढोकामा आई ढुकिरहेको छ। त्यसले तँलाई अधीन गर्न खोज्छ तर तैँले त्यसलाई अधीन गर्नुपर्छ।” तब कयिनले आफ्नो भाइ हाबिललाई भने, “आइज, हामी खेतमा जाऔं।” तिनीहरू खेतमा पुगेपछि कयिन भाइमाथि जाइलागे र त्यसलाई मारे।
उत्पत्ति 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 4:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू