YouVersion लोगो
खोज आइकन

गलाती 4:12-20

गलाती 4:12-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भाइ हो, तिमीहरू मजस्‍तै होओ भन्‍ने म बिन्‍ती गर्दछु, किनकि म पनि तिमीहरूजस्‍तै भएको छु। तिमीहरूले मेरो केही खराबी गरेका छैनौ। तिमीहरूलाई थाहा छ, कि शरीरको अस्‍वस्‍थताले गर्दा नै मैले पहिले तिमीहरूलाई सुसमाचार सुनाएथें। यद्यपि मेरो बिरामी अवस्‍था तिमीहरूका लागि एउटा परीक्षा थियो, तथापि तिमीहरूले मलाई तिरस्‍कार गरेनौ, न घृणा नै गर्‍यौ, तर परमेश्‍वरको एउटा दूतलाई, ख्रीष्‍ट येशूलाई झैँ मलाई ग्रहण गर्‍यौ। तिमीहरूले अनुभव गरेको सन्‍तोष कता गयो? किनभने म गवाही दिन सक्‍छु, कि यदि सम्‍भव भए तिमीहरूले आफ्‍ना आँखासम्‍म पनि निकालेर मलाई दिनेथियौ। तब तिमीहरूलाई साँचो भनेको कारणले के म तिमीहरूको शत्रु भएको छु र? तिमीहरूलाई आफूपट्टि तान्‍न तिनीहरू खूबै जोश देखाउँछन्, तर असल अभिप्रायले होइन। तिमीहरूले बढ़ी उत्‍साहसाथ तिनीहरूलाई स्‍वीकार गर भनेर तिनीहरूले हामीबाट तिमीहरूलाई अलग पार्न खोज्‍छन्‌। असल अभिप्रायको निम्‍ति जोशिलो हुनु असल हो, तर म तिमीहरूका माझमा हुँदा मात्र जोश देखाउनु असल होइन। मेरा साना बालक हो, ख्रीष्‍ट तिमीहरूमा नबनिनुभएसम्‍म म फेरि प्रसवपीडामा छु। अहिले म तिमीहरूका साथमा भएर तिमीहरूसँग मेरो बोल्‍ने तरिका बदल्‍न सके कति असल हुनेथियो, किनकि तिमीहरूका विषयमा म अन्‍योलमा परेको छु।

शेयर गर्नुहोस्
गलाती 4 पढ्नुहोस्

गलाती 4:12-20 नेपाली समकालीन संस्करण (NCV)

दाजुभाइ-दिदीबहिनीहरूहो, म तिमीहरूसँग विन्ती गर्दछु, कि तिमीहरू मजस्तै होओ, जसरी म तिमीहरूजस्तै भएँ। तिमीहरूले मलाई केही हानि गरेका छैनौ। तिमीहरू जान्दछौ कि, पहिला बिरामी अवस्थामा मैले तिमीहरूलाई सुसमाचार सुनाएको थिएँ। यद्यपि मेरो बिरामी अवस्था तिमीहरूको निम्ति एउटा परीक्षा थियो, तापनि तिमीहरूले मलाई न बेवास्ता, न ता तिरस्कार नै गर्‍यौ; तर तिमीहरूले मलाई परमेश्‍वरको दूतलाई झैं अथवा ख्रीष्‍ट येशूलाई झैं स्वागत गर्‍यौं। मसँगको तिमीहरूको त्यो आनन्द अहिले कता गयो? म गवाही दिन सक्छु, कि यदि सम्भव भएको भए, तिमीहरूका आँखासमेत झिकेर मलाई दिनेथियौ। मैले तिमीहरूसँग सत्य बोलेर के म अब तिमीहरूको शत्रु भएँ? ती यहूदी अगुवाहरू डाहको कारण तिमीहरूको मन जित्न खोजिरहेका छन्, तर असल विचारले त होइन। तिनीहरूले तिमीहरूलाई हामीबाट अलग पार्न मात्र चाहन्छन्, ताकि तिमीहरू उनीहरूको निम्ति जोशिलो हुन सक। असल उद्देश्यसहित र सधैं जोशिलो हुनु राम्रो हो; तर म तिमीहरूसँग हुँदा मात्र होइन, तर सधैंभरि त्यस्तै होस्। हे मेरा प्रिय बालबालिकाहरूहो, जबसम्म तिमीहरू ख्रीष्‍ट जस्तै बनिदैनौ, म फेरि प्रसव वेदनामा परेकी स्त्रीझैं हुन्छु। अहिले म तिमीहरूसँग कसरी रहूँ, र मेरो बोल्ने तरिका कसरी बदलौं, किनकि म तिमीहरूका विषयमा व्याकुल छु।

शेयर गर्नुहोस्
गलाती 4 पढ्नुहोस्

गलाती 4:12-20 पवित्र बाइबल (NERV)

दाज्यू-भाइ दिदी-बहिनीहरू, म पनि तिमीहरू जस्तै थिएँ, यसकारण दया गरी अब म जस्तै भइदेऊ। अघि तिमीहरू मेरो लागि खुबै राम्रा थियौ। सम्झ त, म किन तिमीहरू भएकोमा पहिल्यै आएँ। किन कि मलाई सन्चो थिएन। तब मैले तिमीहरूमा सुसमाचार प्रचार गरें। मेरो बिसन्चो तिमीहरूलाई भार बन्यो। तर तिमीहरूले म प्रति घृणा दर्शाएनौ। तिमीहरूलाई छोड्न मलाई बाध्य गरेनौ। तिमीहरूले मलाई यस्तो स्वागत गर्यो कि म परमेश्वरबाट आएको दूत नै हुँ। तिमीहरूले मलाई स्वयं येशू ख्रीष्टलाई झैं स्वीकार्यो। त्यसबेला तिमीहरू खुबै प्रसन्न थियौ। कता हरायो त्यो खुशी अहिले? मलाई सम्झना छ हुन सक्ने सब किसिमको सहायता मलाई दियौ। यदि सम्भव हुन्थ्यो भने आफ्नो आँखा पनि निकालेर अनि मलाई दिने थियौ। के अहिले म तिमीहरूको शत्रु भएको छु किनकि म सत्य बोल्छु? ती मानिसहरू तिमीहरूमाथि खुबै चासो राख्दैछन्, तर तिनीहरूको मनसाय राम्रो छैन। तिमीहरूकोलागि त्यो राम्रो होइन। तिनीहरू चाहन्छन् कि तिमीहरू हाम्रो विरोधमा खडा हौ। तिनीहरू चाहन्छन् कि तिमीहरूले तिनीहरूलाई मात्र पछ्याउनु अनि अरूलाई होइन। जब मानिसहरूले तिमीमा चासो लिन्छन भने त्यो सधैँ राम्रो छ यदि उद्देश्य राम्रो छ भने। त्यो सधैँ सत्य हो, म तिमीहरूसित हुँदा होस् कि नहुँदा होस्। मेरा साना बालकहरू हो! जन्म दिंदा आमालाई जस्तो प्रसुति पीडा हुन्छ, मलाई पनि त्यस्तै पीडा अनुभव भइरहेछ। तिमीहरू ख्रीष्ट जस्तै नहुन्जेल म त्यही पीडा अनुभव गरिनै रहन्छु। मलाई लाग्छ यदि म अहिले तिमीहरूसित हुँदो हुँ त म मेरो स्वरको लय नै बद्लाउने थिएँ किन कि म अन्योलमा परेको छु।

शेयर गर्नुहोस्
गलाती 4 पढ्नुहोस्

गलाती 4:12-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दाजुभाइहरू, म बिन्‍ती गर्दछु, तिमीहरू पनि मजस्‍तै होइदेओ किनभने म पनि त तिमीहरूजस्‍तै भइदिएको छु। तिमीहरूले मलाई केही नराम्रो गरेका छैनौ। तिमीहरूलाई थाहै छ, सबैभन्दा पहिले तिमीहरूकहाँ सुसमाचार सुनाउँदा म बिरामी थिएँ। त्‍यस बेला मेरो बिमारले तिमीहरूलाई अप्‍ठ्यारो पारेको थियो र पनि तिमीहरूले मलाई छि:छि: र दूर-दूर गरेनौ। तर उल्‍टै तिमीहरूले त परमेश्‍वरको दूतलाई र ख्रीष्‍टलाई झैँ मलाई स्‍वागत गर्‍यौ। अहो, त्‍यस बेला तिमीहरू कति खुसी थियौ, सम्भव भए त्‍यस बेला तिमीहरूले आफ्‍ना आँखा निकालेर मलाई दिनुपरे पनि दिन तयार थियौ। म यसको साक्षी छु। तर अहिले के भयो? अहिले म साँचो कुरा बोलेर के तिमीहरूको शत्रु भएँ? अरू मानिसहरूले पनि तिमीहरूमा ठूलो चासो देखाउँदछन्। तर राम्रो चिताएर त होइन। उनीहरू मबाट तिमीहरूलाई फुट गराएर आफैंतिर तान्‍न चाहन्‍छन्। म तिमीहरूसँग हुँदा मात्र होइन नहुँदा पनि सधैँ राम्रो कुरामा जोशिलै हुनु असल हो। मेरा बालकहरू, तिमीहरूमा ख्रीष्‍टको स्‍वभाव नबनिएसम्‍म व्‍यथा लागेकी सुत्‍केरीजस्‍तै दु:ख मलाई लागिरहन्‍छ। अहिले नै म त्‍यहाँ भए मैले यसरी कुरा गर्नुपर्ने थिएन। तर टाढाबाट मैले के गर्ने? म अन्‍योलमा परेको छु।

शेयर गर्नुहोस्
गलाती 4 पढ्नुहोस्