YouVersion लोगो
खोज आइकन

गलाती 3:1-6

गलाती 3:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे मूर्ख गलाती हो, कसले तिमीहरूलाई मोहनी लाएर वशमा पार्‍यो? तिमीहरूका आँखाकै सामुन्‍ने येशू ख्रीष्‍ट क्रूसमा टाँगिनुभएको कुरा स्‍पष्‍ट रूपले वर्णन गरिएको थियो। यति मात्र म तिमीहरूलाई सोध्‍न चाहन्‍छु, तिमीहरूले पवित्र आत्‍मालाई व्‍यवस्‍थाका कामहरूद्वारा पायौ, कि सुनेका वचनमा विश्‍वास गरेर? के तिमीहरू यति मूर्ख छौ, कि आत्‍मामा सुरु गरेर शरीरमा शेष गर्दैछौ? के यतिका दुःख तिमीहरूले व्‍यर्थमा भोग्‍यौ त?— यदि यो साँच्‍चै व्‍यर्थमा भयो भनेता। जसले तिमीहरूलाई पवित्र आत्‍मा दिनुहुन्‍छ, र तिमीहरूका माझ आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ, के यो सबै उहाँले व्‍यवस्‍थाका तिमीहरूका कामको कारणले गर्नुभएको हो, कि सुनेका वचनमा तिमीहरूले विश्‍वास गरेको कारणले हो? अब्राहामलाई नै हेर, “उनले परमेश्‍वरमा विश्‍वास गरेथे, र यो उनको निम्‍ति धार्मिकता गनिएको थियो।”

शेयर गर्नुहोस्
गलाती 3 पढ्नुहोस्

गलाती 3:1-6 नेपाली समकालीन संस्करण (NCV)

हे मूर्ख गलातीहरूहो! कसले तिमीहरूलाई जादूटुनाले वशमा पार्‍यो? तिमीहरूको आँखाअघि नै येशू ख्रीष्‍ट स्पष्‍ट रूपमा क्रूसमा टाँगिनुहुने कुरा बताइएको थियो। तिमीहरूबाट म एउटै कुरा मात्र जान्‍न चाहन्छु: के तिमीहरूले व्यवस्थाका काम पालन गरेर वा सुनेका सुसमाचारमा विश्‍वास गरेर परमेश्‍वरको आत्मा पायौ त? के तिमीहरू त्यति धेरै मूर्ख छौ? मतलब परमेश्‍वरको आत्मामा सुरु भएर के तिमीहरू मानवीय कार्यमा नै टुँगिन चाहन्छौ त? यदि साँच्‍चै यो व्यर्थको थियो भने के तिमीहरूले व्यर्थमा यतिका दुःख भोग्यौ? म फेरि पनि सोध्न चाहन्छु, परमेश्‍वरले तिमीहरूलाई उहाँको आत्मा दिनुभएर तिमीहरूका माझमा शक्‍तिशाली कामहरू गर्नुभएको छ, यो व्यवस्थाको कर्मद्वारा हो, अथवा तिमीहरूले सुनेका सन्देशको विश्‍वासद्वारा गर्नुभएको हो? यसरी नै, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, अनि यो उनको निम्ति धार्मिकता गनियो।”

शेयर गर्नुहोस्
गलाती 3 पढ्नुहोस्

गलाती 3:1-6 पवित्र बाइबल (NERV)

हे गलातीवासीहरू, क्रूसमा येशू ख्रीष्ट को मृत्यु बारे तिमीहरूका आँखा अघि स्पष्टसित झल्काइएकै थियो। तर तिमीहरू मूर्ख रहेछौ। कसैले तिमीहरूलाई छक्काएछ। मलाई एउटै कुरो भनः तिमीहरूले पवित्र आत्मा कसरी पायौ? के व्यवस्था पालन गरेर नै आत्मा पाएका हौ? होइन। तिमीहरूले सुसमाचार सुनेर अनि विश्वास गरेर आत्मा पाएका छौ। तिमीहरू यति मूर्ख कसरी बन्नसक्छौ? तिमीहरूले आत्मासित ख्रीष्टमा जीवन शुरू गर्यौं। अनि अब के आफ्नै शक्तिले पूर्ण गर्ने कोशिश गर्छौ? यो मूर्खता हो। तिमीहरूले धेरै कुराको अनुभव गरेका छौ। के ती सबै व्यार्थका भए? म आशा गर्छु ती व्यर्थै गएनन्। व्यवस्था मान्छौं भनेर परमेश्वरले येशूको आत्मा दिनुभएको हो? होइन। व्यवस्था मान्छौ भनेर परमेश्वरले तिमीहरू बीच चमत्कार गरेका हुन्? होइन। तिमीहरूले सुसमाचार सुन्यौ र यसमा विश्वास गर्यों भनेर परमेश्वरले आफ्नो आत्मा दिनु भएको र चमत्कार गर्नु भएको हो। अब्राहामको बारेमा शास्त्रले त्यही भन्छ। “अब्राहामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले उनको विश्वासलाई स्वीकार गर्नु भयो। त्यसैले अब्राहामलाई परमेश्वरको धर्मी ठहराऊनुभयो।”

शेयर गर्नुहोस्
गलाती 3 पढ्नुहोस्

गलाती 3:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे अबुझ गलातीहरू, तिमीहरूलाई कसले मोहनी लगायो? तिमीहरूकै आँखाका अगाडि येशू ख्रीष्‍ट क्रूसमा मर्नुभएको बारेमा सबै कुरा बताइएको थियो। तिमीहरूबाट एउटा कुरो बुझ्‍न चाहन्‍छु, व्यवस्थाले भनेझैँ गरेर के तिमीहरूले परमेश्‍वरको आत्‍मा पाएका हौ? कि सुसमाचार सुनेर विश्‍वास गर्दा पाएका हौ? तिमीहरू किन यति अबुझ भएका? तिमीहरू परमेश्‍वरको आत्‍माबाट सुरु भयौ, अब आफ्‍नै शारीरिक स्‍वभावमा टुङ्गिन चाहन्‍छौ। के तिमीहरूले व्‍यर्थैमा धेरै दु:ख भोग्‍यौ त? होइन। परमेश्‍वरले आत्‍मा दिएर तिमीहरूका माझमा अचम्‍मको काम गर्नुभयो। के यो तिमीहरूले व्यवस्था मानेकोले भएको हो कि सुसमाचार सुनेर विश्‍वास गरेकोले हो? अब्राहामले त परमेश्‍वरमा विश्‍वास गरे अनि परमेश्‍वरले उनलाई ठीक ठहराउनुभयो।

शेयर गर्नुहोस्
गलाती 3 पढ्नुहोस्