YouVersion लोगो
खोज आइकन

गलाती 2:7-9

गलाती 2:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर झन्‌ उल्‍टो, तिनीहरूले देखे, कि बेखतनाकाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभारा मलाई दिइएको थियो, जसरी खतनाकाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभारा पत्रुसलाई दिइएको थियो। परमेश्‍वर, जसले पत्रुसको प्रेरितपनद्वारा खतनाकाहरूका बीचमा काम गर्नुभयो, मद्वारा पनि अन्‍यजातिहरूका बीचमा काम गर्नुभयो। याकूब, केफास र यूहन्‍ना, जो मण्‍डलीका खम्‍बाहरू थिए, तिनीहरूले ममाथि भएको अनुग्रह थाहा पाएपछि मलाई र बारनाबासलाई सङ्गतिको दाहिने हात दिए। हामी अन्‍यजातिहरूकहाँ जाने र उनीहरूचाहिँ खतनाकाहरूकहाँ जाने भन्‍ने निश्‍चय गरे।

शेयर गर्नुहोस्
गलाती 2 पढ्नुहोस्

गलाती 2:7-9 नेपाली समकालीन संस्करण (NCV)

तर यसको विपरीत, तिनीहरूले बुझे कि, जसरी यहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा पत्रुसलाई दिइएको थियो, त्यसरी नै गैरयहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा मलाई दिइएको छ। किनकि परमेश्‍वरले यहूदीहरूका निम्ति प्रेरितको रूपमा पत्रुससँग जसरी काम गरिरहनुभएको थियो, त्यसरी नै गैरयहूदीहरूको प्रेरितको रूपमा ममा पनि काम गर्नुभयो। मण्डलीका खम्बाहरू कहलिएका याकोब, पत्रुस र यूहन्‍नाले मलाई दिइएको अनुग्रहबारे थाहा पाएपछि बारनाबासलाई र मलाई सङ्गतिको दाहिने हात दिए। उनीहरूले हामीलाई गैरयहूदीहरूकहाँ जानदिए, र उनीहरूचाहिँ यहूदीहरूकहाँ जाने निश्‍चय गरे।

शेयर गर्नुहोस्
गलाती 2 पढ्नुहोस्

गलाती 2:7-9 पवित्र बाइबल (NERV)

तर ती नाइकेहरूले देखे कि परमेश्वरले पत्रुसलाई यहूदीहरू माझ अनि मलाई गैर-यहूदीहरू माझ सुसमाचार प्रचार गर्न लगाउनु भयो परमेश्वरले पत्रुसलाई यहूदीहरूको प्रेरित भएर काम गर्नु लगाउनु भयो। अनि मलाई पनि गैर-यहूदीहरूको प्रेरित भई काम गर्न लगाउनु भयो। याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।”

शेयर गर्नुहोस्
गलाती 2 पढ्नुहोस्

गलाती 2:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर परमेश्‍वरले इस्राएलीहरूकहाँ पत्रुसलाई खटाएझैँ परमेश्‍वरले नै मलाई पनि अरू जातिमा सुसमाचार प्रचार गर्न खटाएको उनीहरूले थाहा पाए। पत्रुसलाई इस्राएलीहरूकहाँ प्रचार गर्न प्रेरित बनाउनुहुने परमेश्‍वरले नै मलाई पनि अरू जातिका बीचमा काम गर्ने प्रेरित बनाउनुभएको हो। यो मेरो लागि परमेश्‍वरको ठूलो अनुग्रह हो। यस कुरालाई याकूब, पत्रुस र यूहन्‍नाजस्‍ता अगुवाहरूले पनि मानेका छन्। यसकारण उनीहरूले बारनाबास र मलाई हात मिलाउँदै आफ्‍नो संगतिमा लिए। हामीचाहिँ अरू जातिका बीचमा काम गर्ने भयौं अनि उनीहरूचाहिँ इस्राएलीहरूका बीचमा काम गर्ने भए।

शेयर गर्नुहोस्
गलाती 2 पढ्नुहोस्