YouVersion लोगो
खोज आइकन

गलाती 2

2
पावल र अरू प्रेरितहरू
1 # प्रेरित 11:30; 15:2 चौध वर्षपछि म र बारनाबास यरूशलेम गयौं। मैले तीतसलाई पनि लगें। 2परमेश्‍वरले जानू भन्‍नुभएकोले म त्‍यहाँ गएँ। मैले गरिरहेको काम खेर नजाओस् भनेर अरू जातिलाई प्रचार गरेको सुसमाचार मण्‍डलीका ठूलाहरूलाई मात्र सुनाएँ। 3उनीहरूले मसँगै रहने तीतसलाई ग्रीक भए तापनि खतना गर्न कर लाएनन्। 4तैपनि कति जना झूटा दाजुभाइहरू मण्‍डलीभित्र पसेर हामीले ख्रीष्‍टबाट पाएको छुटकाराको चियो गरे र हामीलाई व्यवस्थाको कमारो बनाउन खोजे। 5तर सुसमाचारको सत्‍य तिमीहरूसँग रहिरहोस् भनेर हामीहरू उनीहरूबाट एकै छिन पनि दबेनौं। 6#व्यवस्था 10:17तर ती ठूलाहरू जतिकै ठूला भए पनि मलाई केही फरक पर्दैन। परमेश्‍वरले मान्‍छेको मुख हेर्नुहुन्‍न। ती ठूलाहरूले मलाई कुनै पनि नयाँ सल्‍लाह दिएनन्। 7तर परमेश्‍वरले इस्राएलीहरूकहाँ पत्रुसलाई खटाएझैँ परमेश्‍वरले नै मलाई पनि अरू जातिमा सुसमाचार प्रचार गर्न खटाएको उनीहरूले थाहा पाए। 8पत्रुसलाई इस्राएलीहरूकहाँ प्रचार गर्न प्रेरित बनाउनुहुने परमेश्‍वरले नै मलाई पनि अरू जातिका बीचमा काम गर्ने प्रेरित बनाउनुभएको हो।
9यो मेरो लागि परमेश्‍वरको ठूलो अनुग्रह हो। यस कुरालाई याकूब, पत्रुस र यूहन्‍नाजस्‍ता अगुवाहरूले पनि मानेका छन्। यसकारण उनीहरूले बारनाबास र मलाई हात मिलाउँदै आफ्‍नो संगतिमा लिए। हामीचाहिँ अरू जातिका बीचमा काम गर्ने भयौं अनि उनीहरूचाहिँ इस्राएलीहरूका बीचमा काम गर्ने भए। 10एउटा कुराचाहिँ उनीहरू सबैले भने, खाँचो पर्ने गरीबहरूलाई सम्‍झिनुपर्छ। त्‍यही कुरो गर्न म पनि उत्‍सुक थिएँ।
एन्‍टिओखियामा पत्रुसको आलोचना
11पत्रुस एन्‍टिओखिया आएको बेला मैले खुल्‍लमखुल्‍ला उनको दोष देखाइदिएँ। उनी दोषी थिए। याकूबले पठाएका मानिस आउनुभन्दा अघि पत्रुसले अरू जातिका विश्‍वासीहरूसँगै बसेर खाँदै थिए। 12तर तिनीहरू आएपछि भने अरू जातिका विश्‍वासीहरूबाट छुट्टिएर बसे किनभने अरू जातिका मानिसमा पनि खतना लाउनुपर्छ भन्‍नेहरूदेखि उनी डराए। 13ती अरू इस्राएली दाजुभाइहरू पनि पत्रुसजस्‍तै डराए। बारनाबाससमेत तिनीहरूको डरले लरखराए। 14मैले उनीहरूलाई सुसमाचारको सत्‍यताबाट अलमलिएको देखें र पत्रुसलाई सबैको सामु भने, “तपाईं इस्राएली हुनुहुन्‍छ र पनि तपाईं अरू जातिका मानिसहरूजस्‍तै हुनुहुन्‍छ, इस्राएलीजस्‍तै हुनुहुन्‍न। कसरी तपाईंले अरू जातिका मानिसहरूलाई चाहिँ इस्राएली चालमा चल्‍न लाउनुहुन्‍छ?”
15हुन त हामी जन्‍मैका इस्राएली हौं, अरू जातिका पापी मानिसजस्‍ता होइनौं। 16#भजनसंग्रह 143:2; रोमी 3:20; रोमी 3:22तर कुनै पनि मानिस व्यवस्था मानेर होइन तर येशू ख्रीष्‍टमा विश्‍वास गरेर परमेश्‍वरको सामु ठीक ठहरिन्‍छ। यो कुरा जानेर हामीले पनि परमेश्‍वरका सामु ठीक ठहरिन ख्रीष्‍ट येशूमा विश्‍वास गरेका छौं तर व्यवस्था मानेर त होइन। 17यदि हामी ख्रीष्‍टमा एक भएरै परमेश्‍वरका सामु ठीक ठहरिन खोज्‍दा हामी इस्राएली पनि अरू जातिका मानिसजस्‍तै पापी नै फेला पर्‍यौं भने के ख्रीष्‍टले पापको सेवा गर्नुभयो त? अँहँ, होइन। 18यदि आफैंले भत्‍काएर लडाएको चीजलाई नै फेरि म उठाएर बनाउँछु भने ता म आफैं नियमलाई मिचेर अपराधी बन्‍छु। 19त्‍यसो हुँदा म परमेश्‍वरको लागि जिउन व्यवस्थाको लागि मरेको छु। 20म क्रूसमा ख्रीष्‍टसँगै मारिएको छु, तैपनि म जिउँछु। त्‍यसैकारण मभित्र म जिउँदिनँ, ख्रीष्‍ट जिउनुहुन्‍छ। यो अहिले शरीरमा जिएको जीवन म परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु। उहाँले नै मलाई माया गर्नुभयो र आफ्‍नो जीवनै मेरो लागि दिनुभयो। 21म परमेश्‍वरको अनुग्रहलाई हेला गर्न सक्‍तिनँ। यदि मानिस व्यवस्थाले ठीक हुन्‍छ भने त ख्रीष्‍ट बलि हुनु बेकार थियो।

अहिले सेलेक्ट गरिएको:

गलाती 2: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्