गलाती 2:20-21
गलाती 2:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। परमेश्वरको अनुग्रह म पन्साउँदिनँ, किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भनेता ख्रीष्ट व्यर्थैमा मर्नुभयो।
गलाती 2:20-21 नेपाली समकालीन संस्करण (NCV)
म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्वरको पुत्रमा राखेको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, अनि आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो। म परमेश्वरको अनुग्रहलाई व्यर्थ तुल्याउन चाहन्नँ, किनकि यदि व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न सक्ने भए, ख्रीष्ट मर्नुभएको व्यर्थ हुन्छ।”
गलाती 2:20-21 पवित्र बाइबल (NERV)
यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैंलाई अर्पण गर्नु भयो। परमेश्वरबाट पाएको यो वरदान मलाई खुबै महत्वपूर्ण छ। किनभने यदि व्यवस्थाले हामीलाई परमेश्वरको धर्मी बनाउँदो हो त, ख्रीष्टलाई मर्न कुनै आवश्यक थिएन।
गलाती 2:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म क्रूसमा ख्रीष्टसँगै मारिएको छु, तैपनि म जिउँछु। त्यसैकारण मभित्र म जिउँदिनँ, ख्रीष्ट जिउनुहुन्छ। यो अहिले शरीरमा जिएको जीवन म परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु। उहाँले नै मलाई माया गर्नुभयो र आफ्नो जीवनै मेरो लागि दिनुभयो। म परमेश्वरको अनुग्रहलाई हेला गर्न सक्तिनँ। यदि मानिस व्यवस्थाले ठीक हुन्छ भने त ख्रीष्ट बलि हुनु बेकार थियो।