गलाती 2:2
गलाती 2:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ईश्वरीय प्रकाश पाएअनुसार म गएँ, र तिनीहरूका सामुन्ने त्यही सुसमाचार राखेँ, जो म अन्यजातिहरूलाई प्रचार गर्दछु। तर अगुवाझैँ देखा पर्नेहरूका सामुन्ने मैले यो एकान्तमा प्रस्तुत गरें, ताकि मैले जो दौड दौडें वा दौडिरहेको छु, त्यो व्यर्थ नहोस्।
गलाती 2:2 नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको प्रकाश पाएअनुसार म त्यहाँ गएँ, र मैले एकान्तमा मण्डलीका प्रतिष्ठित अगुवाहरूलाई भेट गरी गैरयहूदीहरूलाई सुनाएको सुसमाचार तिनीहरूका अघि प्रस्तुत गरें। मैले जो दौड दौडेको थिएँ र दौडिरहेको छु, त्यो व्यर्थमा नहोस् भनेर म निश्चित हुन चाहन्थें।
गलाती 2:2 पवित्र बाइबल (NERV)
म गएको कारण परमेश्वरले मलाई त्यहाँ जानै पर्ने देखाउनु भयो। मैले विश्वासीहरूका अगुवाहरूलाई त्यहाँ भेटें। जब हामी एकान्त भयौं मैले तिनीहरूलाई त्यही सुसमाचार व्याख्या गरें जुन म अ-यहूदीहरू माझ प्रचार गर्छु। तिनीहरूले मेरो काम बुझुन् भन्ने म चाहन्थें जसमा कि मेरा विगतका कामहरू र वर्तमानका प्रयासहरू खेर नजाऊन्।