YouVersion लोगो
खोज आइकन

एज्रा 8:21-23

एज्रा 8:21-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब हाम्रा परमेश्‍वरको सामु हामी आफूलाई दीन तुल्‍याउन, र हाम्रा आफ्‍नै निम्‍ति, हाम्रा बालबच्‍चाहरूका निम्‍ति र हाम्रा सबै सम्‍पत्तिका निम्‍ति उहाँसँग कुशलको यात्रा मागौं भनी मैले त्‍यहाँ अहावा नदीको किनारमा उपवास बस्‍ने घोषणा गरें। बाटोमा हाम्रा शत्रुहरूका विरुद्धमा सिपाहीहरू र घोड़चढ़ीहरू हामीलाई सहायता गर्न हाम्रा साथमा रक्षक भई जानलाई राजाकहाँ माग्‍न मलाई शर्म लाग्‍यो। किनभने हामीले राजालाई यसो भनेका थियौं, “उहाँलाई खोज्‍ने सबैमाथि हाम्रा परमेश्‍वरको निगाह रहन्‍छ, तर उहाँलाई त्‍याग्‍नेहरू सबैमाथि उहाँको भयङ्कर क्रोध पर्छ।” यसैले यसको लागि हामीले उपवास बसेर हाम्रा परमेश्‍वरलाई बिन्‍ती चढ़ायौं, र उहाँले हाम्रो बिन्‍ती सुन्‍नुभयो।

शेयर गर्नुहोस्
एज्रा 8 पढ्नुहोस्

एज्रा 8:21-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यहाँ अहावा नहरको किनारमा मैले उपवासको घोषणा गरेँ, ताकि हामीले आफूलाई परमेश्‍वरको सामु नम्र तुल्याउन सकौँ; अनि हाम्रा छोराछोरीहरू र हाम्रा सबै सम्पत्ति सहित हामी परमेश्‍वरसँग सुरक्षित यात्राको प्रार्थना गर्न सकौँ। हामीलाई बाटोमा शत्रुहरूदेखि रक्षा गर्न राजासँग सिपाहीहरू र घोडचढीहरू माग्न मलाई लाज लाग्यो; किनकि हामीले राजालाई भनेका थियौँ, “उहाँलाई खोज्ने हरेकमाथि हाम्रा परमेश्‍वरको अनुग्रही हात हुन्छ, तर उहाँलाई त्याग्नेहरूका विरुद्धमा उहाँको डरलाग्दो क्रोध पर्छ।” यसकारण हामी उपवास बस्यौँ र यस विषयको निम्ति हाम्रा परमेश्‍वरलाई बिन्ती चढायौँ; अनि उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो।

शेयर गर्नुहोस्
एज्रा 8 पढ्नुहोस्

एज्रा 8:21-23 पवित्र बाइबल (NERV)

त्यहाँ अहवा नदीको छेउमा, हामीहरू अनि हाम्रा केटा-केटीहरू र हाम्रा सबै सम्पत्तिहरूको निरापद यात्राको निम्ति उहाँसित विन्ती गर्नलाई हामी परमेश्वरको समक्ष स्वयंलाई विनम्र तुल्याउन सकौं भनी उपवासको घोषणा गर्यौं। किनभने यात्रामा हामीलाई शत्रुहरूबाट सुरक्षित राख्नको निम्ति राजासँग सैनिक अनि घोडसवारहरूको माग गर्नमा लज्जित थियौं। किनभने हामीले राजालाई भनेको थियौं, “हाम्रा परमेश्वरले ती सबैलाई सहायता गर्नु हुन्छ, जो उहाँ प्रति विश्वास गर्छन् तर उहाँ तिनीहरू प्रति अति क्रोधित हुनुहुन्छ, जो उहाँदेखि टाढा हुन्छन्।” यसर्थ हामीले यसका निम्ति उपवास बस्यौं र हाम्रा परमेश्वर प्रति प्रार्थना गर्यौं अनि उहाँले हाम्रो प्रार्थनाको उत्तर दिनु भयो।

शेयर गर्नुहोस्
एज्रा 8 पढ्नुहोस्

एज्रा 8:21-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यहाँ अहावाको नहरछेउ मैले सबैलाई उपवास बस्‍न र आफैंलाई हाम्रा परमेश्‍वरको अघि नम्र बनाई हाम्रो यात्रामा उहाँको अगुवाइको निम्‍ति र हाम्रा छोरा-छोरी र धन-सम्‍पत्तिको रक्षाको निम्‍ति बिन्‍ती गर्न आज्ञा दिएँ। यात्रामा शत्रुहरूबाट हाम्रो रक्षाको निम्‍ति महाराजालाई घोडचढी सैनिक माग्‍न मलाई लाज लाग्‍यो किनभने मैले उनलाई हाम्रा परमेश्‍वरले उहाँमाथि भरोसा राख्‍ने सबैलाई आशिष् दिनुहुन्‍छ र उहाँलाई त्‍याग्‍नेहरूसित असन्‍तुष्‍ट भई दण्‍ड दिनुहुन्‍छ भनेको थिएँ। यसैकारण हामीहरू उपवास बस्‍यौं र हाम्रो रक्षाको लागि परमेश्‍वरलाई प्रार्थना गर्‍यौं र उहाँले हाम्रो प्रार्थनाको उत्तर दिनुभयो।

शेयर गर्नुहोस्
एज्रा 8 पढ्नुहोस्