YouVersion लोगो
खोज आइकन

एज्रा 4:1-5

एज्रा 4:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

कैदबाट फर्केर आएकाहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको मन्‍दिर बनाउँदैछन्‌ भन्‍ने कुरा जब यहूदा र बेन्‍यामीनका शत्रुहरूले सुने, उनीहरू यरुबाबेल, येशूअ, र परिवारका मुख्‍य मानिसहरूकहाँ आएर यसो भने, “हामीलाई पनि तपाईंसँग भवन निर्माण गर्न दिनुहोस्, किनभने हामी पनि तपाईंहरूझैँ तपाईंहरूका परमेश्‍वरको खोजी गर्दछौं, र हामीलाई यहाँ ल्‍याउने अश्‍शूरका राजा एसरहदोनको पालोदेखि नै हामी उहाँलाई नै बलिदान चढ़ाउँदैआएका छौं।” तर यरुबाबेल, येशूअ, र इस्राएलका बाँकी रहेका परिवारका मुखियाहरूले उनीहरूलाई यसो भने, “यो भवन, जो हामी हाम्रा परमेश्‍वरको निम्‍ति निर्माण गरिरहेका छौं, त्‍यसमा तिमीहरूको केही सम्‍बन्‍ध छैन। फारसका महाराजा कोरेसले हामीलाई आज्ञा गर्नुभएझैँ हाम्रा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति यो भवन हामी मात्र निर्माण गर्नेछौं।” तब त्‍यस देशका मानिसहरूले यहूदीहरूको मन निराश गराउन र त्‍यो भवन निर्माण गर्ने काम बिथोल्‍न त्रास हाल्‍ने काम सुरु गरे। तिनीहरूको अभिप्रायलाई नाश गर्न उनीहरूले तिनीहरूको विरुद्धमा काम गर्न सल्‍लाहकारहरूलाई भाड़ामा लिए। फारसका राजा कोरेसको शासनकालभरि र दाराको शासनकालसम्‍म यस्‍तो काम चली नै रह्यो।

शेयर गर्नुहोस्
एज्रा 4 पढ्नुहोस्

एज्रा 4:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब यहूदा र बेन्यामीनका शत्रुहरूले निर्वासनबाट फर्किआएका यहूदीहरूले याहवेह इस्राएलका परमेश्‍वरको भवन निर्माण गर्दैछन् भन्‍ने कुरा सुने, तब तिनीहरू यरुबाबेल र परिवारका मुखियाहरूकहाँ आएर भने, “हामीलाई पनि निर्माणको काममा सहायता गर्न दिनुहोस्; किनकि हामी पनि तपाईंहरूजस्तै तपाईंहरूका परमेश्‍वरको खोजी गर्दछौँ। अनि हामीलाई यहाँ ल्याएका अश्शूरका राजा एसरहदोनको समयदेखि नै उहाँलाई हामीले बलिदान चढाइरहेका छौँ।” तर यरुबाबेल, येशूआ र इस्राएलका घरानाका मुखियाहरूले जवाफ दिए, “हाम्रो परमेश्‍वरको मन्दिर बनाउनमा तिमीहरूको कुनै अधिकार छैन। परसीयाका राजा कोरेसले हामीलाई आज्ञा गरेअनुसार याहवेह इस्राएलका परमेश्‍वरका निम्ति यो मन्दिर बनाउने काम हामी आफैँ पूरा गर्नेछौँ।” त्यसपछि तिनीहरूका वरिपरिका शत्रुहरूले यहूदाका मानिसहरूलाई निराश बनाएर निर्माण गर्ने काममा डर पैदा गर्न थाले। परसीयाका राजा कोरेसको सारा शासनकाल र परसीयाका अर्को राजा दाराको शासनकालभरि नै ती मानिसहरूले तिनीहरूका योजनालाई असफल तुल्याउन सल्‍लाहकारहरूलाई घूस दिए।

शेयर गर्नुहोस्
एज्रा 4 पढ्नुहोस्

एज्रा 4:1-5 पवित्र बाइबल (NERV)

जब यहूदा अनि बिन्यामीनका शत्रुहरूले सुने कि कैदीहरूले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्दैछन्। तिनीहरू यरूबाबेल कुलका अगुवाहरू कहाँ आए अनि तिनीहरूलाई भने, “हामीहरूलाई निर्माण गर्न र तिमीहरूलाई सहायता गर्न देऊ, तिमीहरूले जस्तै हामी पनि तिमीहरूका परमेश्वरको प्रार्थना गर्छौं अनि हामीहरू अश्शूरका राजा एसरहद्‌दोनको समयदेखि बलिदान अर्पण गरिरहेका छौं जसले हामीहरूलाई यहाँ ल्याए।” तर यरूबाबेल येशूअ अनि इस्राएलका अन्य कुलका अगुवाहरूले तिनीहरूलाई भने, “हाम्रो परमेश्वरको मन्दिर निर्माण गर्न हामीलाई तिमीहरूले सहायता गर्नुपर्दैन। किनभने फारसका राजा कोरेसले हामीलाई आदेश गर्नु भए अनुसार परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति हामीले मात्र मन्दिरको निर्माण गर्ने छौ।” यस प्रकारले ती वरिपरिका मानिसहरूले यहूदाका मानिसहरूलाई हतोत्साहित पारे अनि मन्दिर निर्माण गर्न तिनीहरूलाई भयभीत तुल्याए। फारसका राजा कोरेसको समयभरि, राजा दाराले शासन नगरे सम्म ती यहूदी मानिसहरू।

शेयर गर्नुहोस्
एज्रा 4 पढ्नुहोस्

एज्रा 4:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यहूदा र बेन्‍यामीनका मानिसहरूका शत्रुहरूले बेबिलोनियाका कैदबाट फर्किआएका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको मन्‍दिर फेरि बनाउन थालेका छन् भनी सुने। यसकारण तिनीहरू यरुबाबेल र गोत्र-गोत्रका प्रधानहरूसित भेट गर्न गए र भने, “मन्‍दिर बनाउने काममा तपाईंहरूलाई साथ दिने अनुमति हामीलाई दिनुहोस्। तपाईंहरूले पुजेका परमेश्‍वरलाई नै हामी पनि पुज्‍छौं। अश्‍शूरका महाराजा एसरहदोनले हामीलाई यहाँ बास गर्न पठाएका बेलादेखि नै हामीले उहाँलाई बलिदान चढाउँदैआएका छौं।” यरुबाबेल, येशूअ र गोत्र-गोत्रका प्रधानहरूले तिनीहरूलाई भने, “परमप्रभु हाम्रा परमेश्‍वरको मन्‍दिर बनाउन हामीलाई तपाईंहरूको मद्दत चाहिँदैन। त्‍यो हामी आफैं बनाउनेछौं। फारसका महाराजा कोरेसले आज्ञा गरेझैँ हामी सो काम गर्नेछौं।” त्‍यही देशमा बसोबास गर्दैआएका मानिसहरूले यहूदीहरूलाई हतास गराउने, तर्साउने र मन्‍दिर बनाउने कामबाट रोक्‍ने चेष्‍टा गरे। तिनीहरूले फारसका सरकारी अधिकारीहरूलाई यहूदीहरूका विरुद्धमा केही गरून् भनी घुस दिए। कोरेसको शासनकालभरि र दाराको शासनकालसम्‍म तिनीहरूले त्‍यसो गरिरहे।

शेयर गर्नुहोस्
एज्रा 4 पढ्नुहोस्