YouVersion लोगो
खोज आइकन

एज्रा 4:1-5

एज्रा 4:1-5 NCV

जब यहूदा र बेन्यामीनका शत्रुहरूले निर्वासनबाट फर्किआएका यहूदीहरूले याहवेह इस्राएलका परमेश्‍वरको भवन निर्माण गर्दैछन् भन्‍ने कुरा सुने, तब तिनीहरू यरुबाबेल र परिवारका मुखियाहरूकहाँ आएर भने, “हामीलाई पनि निर्माणको काममा सहायता गर्न दिनुहोस्; किनकि हामी पनि तपाईंहरूजस्तै तपाईंहरूका परमेश्‍वरको खोजी गर्दछौँ। अनि हामीलाई यहाँ ल्याएका अश्शूरका राजा एसरहदोनको समयदेखि नै उहाँलाई हामीले बलिदान चढाइरहेका छौँ।” तर यरुबाबेल, येशूआ र इस्राएलका घरानाका मुखियाहरूले जवाफ दिए, “हाम्रो परमेश्‍वरको मन्दिर बनाउनमा तिमीहरूको कुनै अधिकार छैन। परसीयाका राजा कोरेसले हामीलाई आज्ञा गरेअनुसार याहवेह इस्राएलका परमेश्‍वरका निम्ति यो मन्दिर बनाउने काम हामी आफैँ पूरा गर्नेछौँ।” त्यसपछि तिनीहरूका वरिपरिका शत्रुहरूले यहूदाका मानिसहरूलाई निराश बनाएर निर्माण गर्ने काममा डर पैदा गर्न थाले। परसीयाका राजा कोरेसको सारा शासनकाल र परसीयाका अर्को राजा दाराको शासनकालभरि नै ती मानिसहरूले तिनीहरूका योजनालाई असफल तुल्याउन सल्‍लाहकारहरूलाई घूस दिए।

एज्रा 4 पढ्नुहोस्