इजकिएल 8:10-12
इजकिएल 8:10-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि म भित्र पसें र हेरें। भित्ताहरूमा चारैतिर साँप र अरू अशुद्ध पशुहरू र इस्राएलीहरूले पूजा गर्नेगरेका मूर्तिहरूका चित्र कोरिएका थिए। शापानका छोरा याजन्याहसमेत जम्मा सत्तरी जना इस्राएली अगुवाहरू ती चित्रहरूको सामुन्ने उभिरहेका थिए। प्रत्येकले एक-एक वटा धूपदान हातमा लिएका थिए र धूपदानबाट धूपको धुवाँ माथितिर उठिरहेको थियो। परमेश्वरले मलाई सोध्नुभयो, “ए मरणशील मानिस, मूर्तिहरूले भरिएको पूजास्थल अघि इस्राएली अगुवाहरूले गुप्तमा के गरिरहेका छन्, त्यो देख्दै छस्? तिनीहरूको यस्तो भनाइ छ, ‘परमप्रभुले हामीहरूलाई देख्नुहुन्न, उहाँले यस देशलाई त्याग्नुभएको छ’।”
इजकिएल 8:10-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले म भित्र पसें र मैले हेरें। चारैतिर भित्तामा सबै किसिमका घस्रने जन्तुहरू, घिनलाग्दा पशुहरू र इस्राएलको घरानाका जम्मै मूर्तिहरूका चित्रहरू त्यहाँ बनाइएका मैले देखें। तिनीहरूका सामुन्ने इस्राएलको घरानाका सत्तरी जना धर्म-गुरुहरू र शापानको छोरो याजन्याह तिनीहरूका साथमा उभिरहेका थिए। हरेकको हातमा आ-आफ्नो धुपौरो थियो, र धूपको सुगन्धित धूवाँ मास्तिर उठिरहेको थियो। तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, इस्राएलको घरानाका धर्म-गुरुहरू हरेकले अँध्यारोमा आ-आफ्नो मूर्तिको पूजाकोठामा के गरिरहेका तैंले देखिस्? तिनीहरू भन्छन्, ‘परमप्रभुले हामीलाई देख्नुहुन्न। परमप्रभुले यस देशलाई त्याग्नुभएको छ’।”
इजकिएल 8:10-12 पवित्र बाइबल (NERV)
यसकारण म भित्र गएँ अनि हेरें। मैले त्यहाँ सबै किसिमको घस्रने जन्तुहरू, घिनलाग्दा पशुहरू र इस्राएलको घरानाका सबै मूर्तिहरूका चित्रहरू बनाएको देखें, जसको विषयमा सोच्न पनि घिन लाग्छ। ती इस्राएलका मानिसहरूले पूज्ने देव-मूर्तिहरू अपवित्र थिए। त्यहाँ ती जनावरहरूको चित्र प्रत्येक भित्तामा चारैतिर खोपेको थियो। तब मैले ध्यान दिएँ कि शापानको छोरा याजन्याह अनि इस्राएलका सत्तरीजना बूढा-प्रधानहरू त्यस स्थानमा पूजा गर्नेहरूसित थिए। त्यहाँ तिनीहरू मानिसहरूको ठीक छेउमा थिए। अनि प्रत्येक अगुवाहरूको हातमा आ-आफ्नो सुगन्धित धूपको थाल थियो। बल्दै गरेको धूपको धूवाँ हावामा उड्दै थियो। तब परमेश्वरले मसित भन्नुभयो, “हे मानिसको छोरो के तिमी देख्दैछौ इस्राएलको बूढा-प्रधानहरू अँध्यारोमा के गर्दारहेछन्? प्रत्येक मानिमसँग आ-आफ्नो झूटो देवताका निम्ति एउटा विशेष कोठा छ। तिनीहरू आपसमा यसो भनेर कुरा गर्छन्, ‘परमप्रभुले हामीलाई देख्नु हुँदैन र परमप्रभुले यस देशलाई छोडिसक्नु भएको छ।’”