इजकिएल 43:1-5
इजकिएल 43:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मलाई ती मानिसले पूर्वतर्फ फर्केको मूल ढोकामा ल्याए, अनि मैले इस्राएलका परमेश्वरको महिमा पूर्वबाट आइरहेको देखें। उहाँको सोर उर्लेर आएका पानीहरूको गर्जनजस्तो थियो, र देश उहाँको महिमाले चम्क्यो। मैले देखेको दर्शन त्यही दर्शनजस्तो थियो, जो उहाँ सहरलाई सर्वनाश गर्न आउनुहुँदा मैले देखेको थिएँ, र जुन दर्शनहरू कबार नदीको किनारमा मैले देखेको थिएँ, र म भूइँमा घोप्टो परें। परमप्रभुको महिमा पूर्वपट्टि फर्केको मूल ढोकाबाट मन्दिरभित्र पस्यो। तब आत्माले मलाई उचाल्नुभयो र मलाई भित्री चोकमा ल्याउनुभयो, र परमप्रभुको महिमाले मन्दिर भरियो।
इजकिएल 43:1-5 पवित्र बाइबल (NERV)
त्यो मानिसले मलाई मूल-ढोका सम्म लिएर गयो जुन मूल-ढोका सम्म पूर्व पट्टि खुल्ला थियो। त्यहाँ पूर्वबाट परमप्रभु इस्राएलको परमेश्वरको महिमा तल आयो। परमेश्वरको आवाज समुद्रको गर्जन बराबर उच्च थियो। परमेश्वरको महिमाबाट भूमि उज्जवल भयो। दर्शन त्यस्तै थियो जब उहाँ शहर ध्वंश पार्न आउँदा मैले देखेको थिएँ। दर्शन त्यही थियो जुन मैले कबार नदीको किनारमा देखको थिएँ। मैले मेरो शिर भूइँतिर निहुराएर लम्पसार भएँ। परमप्रभुको महिमा मन्दिरमा मूल-ढोकाबाट आयो जुन पूर्वमा खोलिएको थियो। त्यसपछि आत्माले मलाईमाथि उठायो अनि भित्री चोकमा लिएर गयो। परमप्रभुको महिमाले मन्दिर भरियो।
इजकिएल 43:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ती मानिसले मलाई पूर्वपट्टि फर्केको मूल-ढोकामा लगे अनि त्यहाँ मैले पूर्व दिशाबाट आइरहेको इस्राएलका परमेश्वरको महिमा देखें। परमेश्वरको सोर समुद्र गर्जेझैँ सुनिन्थ्यो र सारा जमिन चम्किलो ज्योतिले चम्किरहेको थियो। परमेश्वर यरूशलेम नाश गर्न आउनुहुँदा मैले देखेको दर्शन र कबार नदीका किनारमा मैले देखेको दर्शनहरूसित यो दर्शन पनि मिल्दथ्यो। तब म भूइँमा घोप्टो परें। परमप्रभुको महिमा पूर्वपट्टिको मूल-ढोकाबाट मन्दिरभित्र पस्यो। परमप्रभुको आत्माले मलाई उठाएर भित्री चोकमा लैजानुभयो, त्यहाँ मैले मन्दिर परमप्रभुको महिमाले भरिएको देखें।