YouVersion लोगो
खोज आइकन

इजकिएल 43

43
परमप्रभुको महिमाले मन्दिर भरिन्छ
1ती मानिसले मलाई पूर्वपट्टि फर्केको मूल-ढोकामा लगे 2#इजकिएल 10:3,4,18,19; 11:22,23; प्रकाश 1:15अनि त्‍यहाँ मैले पूर्व दिशाबाट आइरहेको इस्राएलका परमेश्‍वरको महिमा देखें। परमेश्‍वरको सोर समुद्र गर्जेझैँ सुनिन्‍थ्‍यो र सारा जमिन चम्‍किलो ज्‍योतिले चम्‍किरहेको थियो। 3परमेश्‍वर यरूशलेम नाश गर्न आउनुहुँदा मैले देखेको दर्शन र कबार नदीका किनारमा मैले देखेको दर्शनहरूसित यो दर्शन पनि मिल्‍दथ्‍यो। तब म भूइँमा घोप्‍टो परें। 4परमप्रभुको महिमा पूर्वपट्टिको मूल-ढोकाबाट मन्‍दिरभित्र पस्‍यो।
5परमप्रभुको आत्‍माले मलाई उठाएर भित्री चोकमा लैजानुभयो, त्‍यहाँ मैले मन्‍दिर परमप्रभुको महिमाले भरिएको देखें। 6त्‍यहाँ ती मानिस मेरो छेउमा उभिए र मन्‍दिरबाट परमप्रभुले मलाई यसो भन्‍नुभएको मैले सुनें, 7“ए मरणशील मानिस, यहाँ मेरो सिंहासन र मेरो पाउदान छ। यहाँ म इस्राएलका मानिसहरूका माझमा बास गर्नेछु र सदासर्वदा तिनीहरूमाथि राज्‍य गर्नेछु। इस्राएलका प्रजा र तिनका राजाहरू कसैले पनि फेरि पराई देवताहरू पुजेर वा वेश्‍यावृत्तिले तथा यस ठाउँमा आफ्‍ना राजाहरूका लाशहरू गाडेर मेरो पवित्र नामको अनादर गर्नेछैनन्। 8राजाहरूले आफ्‍ना राजमहलका सँघार र ढोकामा खामाहरू मेरै मन्‍दिरका सँघार र ढोकाका खामाहरूसित जोडेर बनाए र हाम्रा बीचमा केवल एउटा भित्ता मात्र रह्यो। आफूले गरेका घिनलाग्‍दा कामहरूद्वारा तिनीहरूले मेरो पवित्र नामको अनादर गरे र आफ्‍नो क्रोधमा मैले तिनीहरूलाई नाश पारें। 9अब तिनीहरूलाई पराई देवताहरूको पूजा र वेश्‍यावृत्ति गर्नबाट रोक्‍नुपर्नेछ र आफ्‍ना राजाहरूका लाशहरू हटाउनुपर्नेछ। तिनीहरूले त्‍यसो गरे भने म सदासर्वदा तिनीहरूका माझमा बास गर्नेछु।”
10परमप्रभुले भन्‍नुभयो, “ए मरणशील मानिस, इस्राएलका मानिसहरूलाई मन्‍दिरबारे भन् र तिनीहरूले त्‍यसको रेखा-चित्र राम्ररी अध्‍ययन गरून्। आफ्‍ना पाप-कर्महरूको निम्‍ति तिनीहरूलाई लाजमा पार्‌। 11यदि आफ्‍ना पाप-कर्मका लागि तिनीहरू लज्‍जित भए भने मन्‍दिरको रेखा-चित्रबारे तिनीहरूलाई बुझाइदे। मन्‍दिरको रेखा-चित्र, पस्‍ने र निस्‍कने ढोकाहरू, आकार, त्‍यहाँ भएका सबै थोकको प्रबन्‍ध र त्‍यसका नियम-कानुनहरू सबै राम्ररी बुझाइदे। ती सबै तिनीहरूलाई लेखेर दे र तिनीहरूले कसरी सबै कुराको प्रबन्‍ध गरिएको छ र सबै नियम-कानुन पालन गर्न सकिन्‍छ भनी बुझून्। 12मन्‍दिरको नियम यही हो, डाँडामाथि मन्‍दिरको वरिपरिको सारा ठाउँ शुद्ध र पवित्र छ।”
वेदी
13 # प्रस्‍थान 27:1,2; २ इतिहास 4:1 मन्‍दिरलाई जुन टाँगोले नापिएको थियो, त्‍यही टाँगोले नाप्‍दा वेदीको नाप यस्‍तो पाइन्‍छ। वेदीका आधारका चारैपट्टि एउटा आधा मिटर गहिरो र त्‍यति नै चौडा नाली थियो र त्‍यसका बाहिरी किनारमा एक चौथाइ मिटर अग्‍लो बिट लगाइएको थियो। 14वेदीको फेदको भाग नालीको टुप्‍पोदेखि एक मिटर अग्‍लो थियो। त्‍यसको माथिल्‍लो किनारादेखि आधा मिटर छोडी त्‍योमाथि वेदीको आधार बनेको थियो। यो आधार दुई मिटर अग्‍लो थियो। फेरि आधारको माथिल्‍लो किनारादेखि चारैपट्टि आधा मिटर छोडी त्‍योमाथि वेदीको अगेनु बनेको थियो। 15यो अगेनु दुई मिटर अग्‍लो थियो। चार कुनामाथि चोसाहरू निस्‍केका थिए। 16वेदीको अगेनु छ-छ मिटर भएको वर्गाकार थियो। 17वेदीको आधार पनि वर्गाकार नै थियो र त्‍यसका लमाइ र चौडाइ सात-सात मिटर थिए अनि त्‍यसका बाहिरी किनारामा एक चौथाइ मिटर अग्‍लो बिट लगाइएको थियो र (त्‍यसले गर्दा चारैपट्टि आधा मिटर चौडाइ भएको नाली बनेको थियो) वेदीसम्‍म उक्‍लिजाने भर्‍याङ पूर्वपट्टि थियो।
वेदीको अर्पण
18 # प्रस्‍थान 29:35-37 सार्वभौम परमप्रभुले मलाई भन्‍नुभयो, “ए मरणशील मानिस, म के भन्‍दै छु, सुन्। वेदी बनिसकेपछि त्‍यसमा होमबलि चढाउने र बलि गरिएको पशुहरूको रगत त्‍यसमाथि छर्किने नियम यस्‍तो छ: 19लेवी कुलका सादोकको वंशबाट आएका पूजाहारीहरू मात्र मेरो सेवाकार्य गर्नलाई मेरो उपस्‍थितिमा आउनेछन्। म सार्वभौम परमप्रभुको यो आज्ञा हो। पाप-बलि चढाउन एउटा साँढे तिनीहरूलाई दिनू। 20तैँले त्‍यसको केही रगत लिई वेदीका माथिल्‍ला चार कुनाका चोसाहरू, आधारका चार कुना र त्‍यसका चारैपट्टिका किनाराका बिटमा लगाइदिनू। यस प्रकारले तैँले वेदी शुद्ध गरी अर्पण गर्नेछस्। 21तैँले पापबलि चढाएको साँढे लिई मन्‍दिरको बाहिर तोकिएको ठाउँमा जलाइदिनू। 22त्‍यसको भोलिपल्‍ट तैँले एउटा निष्‍खोट बोको लिएर पापबलि चढाउनू। साँढेको रगतले चोख्‍याएझैँ त्‍यसको रगतले पनि वेदी चोख्‍याउनू। 23-24त्‍यसो गरिसकेपछि एक-एक वटा निष्‍खोट साँढे र निष्‍खोट साँढ-भेडा लिएर मकहाँ आउनू। पूजाहारीहरूले तीमाथि नुन छर्केर म परमप्रभुकहाँ होमबलि चढाउनेछन्। 25सात दिनसम्‍म दिनहुँ तिमीहरूले पापबलिको निम्‍ति एउटा बोको, एउटा साँढे र एउटा साँढ-भेडा चढाउनू। ती पशुहरू सबै निष्‍खोट हुनुपर्छ। 26त्‍यसरी नै सात दिनसम्‍म पूजाहारीहरूले वेदी अर्पण गरी बलि चढाउन तयार पार्नेछन्। 27सात दिन बितेपछि पूजाहारीहरूले वेदीमा मानिसहरूले ल्‍याएका होमबलि र मेलबलि चढाउन थाल्‍नेछन्। तब म तिमीहरू सबै जनासित खुसी हुनेछु। म सार्वभौम परमप्रभु बोलेको छु।”

अहिले सेलेक्ट गरिएको:

इजकिएल 43: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्