इजकिएल 41:18-19
इजकिएल 41:18-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
खोपिएका करूबहरू र तिनका बीचमा खजूरका बोट थिए। हरेक करूबका दुई वटा अनुहार थिए— एउटाचाहिँ मानिसको अनुहारजस्तै एकापट्टिको खजूरतिर फर्केको, र अर्कोचाहिँ सिंहको अनुहारजस्तै अर्कोपट्टिको खजूरतिर फर्केको थियो। जम्मै मन्दिरका चारैतिर ती यस्तै खोपिएका थिए।
इजकिएल 41:18-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ती चित्रमा खजूरका बोटहरू र पखेटा भएका प्राणीहरूका चित्र खोपिएका थिए। खजूरका बोट र पखेटा भएका प्राणीका चित्र एउटापछि अर्को गर्दै कोठाका चारैतिर भित्तामा खोपिएका थिए। प्रत्येक पखेटा भएका प्राणीको दुई वटा अनुहार थियो। ती दुई वटा अनुहारहरूमध्ये मानिसको अनुहार भएको चाहिँ खजुरको बोटको एकातिर र सिंहको अनुहार भएको चाहिँ अर्कोतिर फर्केको थियो। यस्तै प्रकारले चारैपट्टिका भित्तामा भूइँदेखि ढोकामाथिसम्मै चित्रहरू खोपिएका थिए।

इजकिएल 41:18-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
करूबहरू र खजूरका रूखहरूका बुट्टा खोपिएका थिए। खजूरका रूखहरू र करूबहरू एकपछि अर्को गरी खोपिएका थिए। हरेक करूबका दुई वटा अनुहारहरू थिए: एकापट्टि खजूरको रूखतिर फर्केको एउटा मानिसको अनुहारजस्तै र अर्कोपट्टि खजूरको रूखतिर फर्केको सिंहको अनुहारजस्तै थियो। ती बुट्टाहरू मन्दिरभरि चारैतिर खोपिएका थिए।
इजकिएल 41:18-19 पवित्र बाइबल (NERV)
दूईटा करूब स्वर्गदूतको बीचमा एउटा खजूरको बोट थियो। प्रत्येक करूब स्वर्गदूतको दुइवटा चेहेरा थिए। दुइवटा मध्ये एउटा खजूरको बोट तिर हेरिरहेको अनुहार मानिसहरूको जस्तो थियो। अर्को चाँहि खजूरको बोटलाई हेरिरहेको अनुहार सिंहको जस्तो थियो। मन्दिरको चारैतिर सबै यस्तै खोपिएको थियो।