इजकिएल 36:33-35
इजकिएल 36:33-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तिमीहरूलाई तिमीहरूका सबै पापहरूदेखि शुद्ध पारेको दिन म तिमीहरूका सहरहरूलाई फेरि आबाद तुल्याउनेछु, र भग्नावशेष भएका ठाउँहरू पुनर्निर्माण गर्नेछु। आवतजावत गर्नेहरूको दृष्टिमा उजाड़ै रहनुको सट्टा उजाड़ भएको जमिन फेरि अन्न उमार्नलाई खनजोत गरिनेछ। मानिसहरूले भन्नेछन्, “यो जमिन जो उजाड़ थियो, अब अदनको बगैँचाजस्तै भएछ। ती उजाड़, सर्वनाश, र ध्वंस भएका सहरहरू अब किल्लाहरू र मानिसहरूले भरिएका छन्।”
इजकिएल 36:33-35 पवित्र बाइबल (NERV)
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “जुन दिन म तिमीहरूका सबै पापहरूबाट तिमीहरूलाई शुद्ध पार्छु। म मानिसहरूलाई फेरि तिमीहरूको शहरहरूमा ल्याउँछु, यो नष्ट भएको शहरहरू फेरि बनाइनेछन्। उजाड भएको जमीन फेरि जोतिनेछ। यहाँबाट भएर जाने प्रत्येकलाई यो सर्वनाशको थुप्रो देखाइने छैन। उनीहरूले भन्नेछन्, ‘बितेको दिनमा यो देश नष्ट भएको थियो। तर अब यो अदनको बगैंचा जस्तो भएकोछ। त्यो सर्वनाश अनि उजाड थियो, तर अब त्यो सुरक्षित भयो अनि त्यसमा मानिसहरू बस्छन्।’”
इजकिएल 36:33-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सार्वभौम परमप्रभुले भन्नुभयो, “जब म तँलाई तेरा सबै पापबाट शुद्ध पार्छु, तब तँलाई फेरि तेरा सहरहरूमा बसोबास गर्न दिनेछु र भत्केका सबै थोक फेरि बनाउनदिनेछु। तेरो खेतको बाटोबाट भएर आउने-जानेहरूले ती खेतबारीहरूमा जङ्गली घाँस र झार-पातले भरिएका देख्थे, अब म तँलाई फेरि ती बारीहरू खनजोत गरी खेतबारी लाउन दिनेछु। जुन जमिन एक समय उजाड जङ्गल भएको थियो, कसरी अब अदनको बगैंचाझैँ बनेको छ; ती सहरहरू, जुन भत्काइएर लुटपिटमा परी ध्वस्त अवस्थामा त्यागिएका थिए, कसरी अब सुरक्षित भई मानिसहरू बसोबास गर्न लागेका छन् भनी सबैले उदेक मान्नेछन्।