इजकिएल 34:2
इजकिएल 34:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा यो अगमवाणी तिनीहरूलाई कहेर भन्: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘धिक्कार, इस्राएलका गोठालाहरूलाई, जसले आफ्नै मात्र वास्ता गर्दछन्! के गोठालाले भेड़ाहरूको वास्ता गर्नुपर्ने होइन र?
इजकिएल 34:2 पवित्र बाइबल (NERV)
“हे मानिसको छोरो! मेरा निम्ति इस्राएलको गोठालाहरूको विरूद्ध केही कुरा भन। तिनीहरूसित मेरो निम्ति केही कुरा भन। तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘हे इस्राएलको गोठालाहरू, तिमीहरूले तिमीहरूको आफ्नै पेट मात्र भरिरहेकोछौ। यो तिमीहरूका निम्ति एकदमै नराम्रो हुनेछ। तिमीहरू किन आफ्ना भेंडाहरूको पेट भर्दैनौ?
इजकिएल 34:2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले भन्नुभयो, “ए मरणशील मानिस, इस्राएलका शासकहरूका विरुद्धमा बोल्। तिनीहरूलाई अगमवाणी सुना र म सार्वभौम परमप्रभुले के भन्दै छु, त्यो तिनीहरूलाई भन्। ए इस्राएलका गोठालाहरू हो, तिमीहरूको विनाश हुन्छ, तिमीहरू आ-आफ्नो मात्रै वास्ता गर्छौ तर भेडाहरूको चाहिँ वास्तै गर्दैनौ।