इजकिएल 28:2
इजकिएल 28:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे मानिसको छोरो, टुरोसको शासकलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “तेरो हृदयको घमण्डमा तँ भन्छस्, ‘म एउटा देवता हुँ। म समुद्रको बीचमा एउटा देवताको सिंहासनमा बस्तछु!’ तर तँ त एक जना मानिस मात्र होस्, देवता होइनस्, यद्यपि तैंले आफैलाई एक देवता जत्तिकै बुद्धिमान् सम्झन्छस्।
इजकिएल 28:2 पवित्र बाइबल (NERV)
“हे मानिसको छोरो, टायरको राजालाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ: “‘तिमी धेरै घमण्डी छौ! अनि तिमी भन्छौ, “म एउटा देवता हुँ! म समुद्रको माझमा, देवताहरूको आसनमाथि बस्छु।” “‘तर तिमी एउटा मानिस मात्र हौ परमेश्वर होइनौ। तिमी आफैंलाई एक देवता जत्तिकै सम्झन्छौ।
इजकिएल 28:2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“ए मरणशील मानिस, म, सार्वभौम परमप्रभुले टुरोसको राजालाई के भन्दै छु, त्यो त्यसलाई सुना: घमण्डले फुलिएर तैँले आफैंलाई ईश्वर हुँ भन्छस्। तँ भन्छस्, म ईश्वरझैँ सिंहासनमा बस्दछु र मेरो चारैपट्टि समुद्र छ। तँ ईश्वर हुँ भन्ने बहाना गर्छस् तर वास्तवमा तँ मरिजाने मानिस होस्, ईश्वर त होइनस्।