प्रस्थान 34:5-6
प्रस्थान 34:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमप्रभु बादलमा ओर्लनुभयो, र तिनीसँग त्यहाँ खड़ा भएर उहाँले आफ्नो नाउँ “परमप्रभु” घोषणा गर्नुभयो। त्यसपछि परमप्रभु तिनको सामुन्नेबाट गएर यसो भनी घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ।
प्रस्थान 34:5-6 पवित्र बाइबल (NERV)
परमप्रभु उनी भएकहाँ तल पर्वतमाथि बादलमा आउनु भयो अनि मोशाको अघि उभिनु भयो। मोशाले परमप्रभुको नाउँको उच्चारण गरे। परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हुँ। म करूणापूर्ण अनि दयालु हुँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु।
प्रस्थान 34:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु बादलमा ओर्लिआउनुभयो र त्यहाँ मोशासित उभिनुभयो। उहाँले आफ्नो पवित्र नाम ‘परमप्रभु’ उच्चारण गर्नुभयो। परमप्रभु तिनको अघिबाट भएर जानुभयो र भन्नुभयो, “म परमप्रभु करुणा र दयाले भरिएको परमेश्वर हुँ, जो झट्टै रिसाउँदैन र जसले महान् प्रेम र विश्वासयोग्यता देखाउँछ।