प्रस्थान 33:18-20
प्रस्थान 33:18-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले भने, “अब मलाई तपाईंको महिमा देखाउनुहोस्।” उहाँले भन्नुभयो, “म तेरै सामुन्ने मेरो सारा श्रेष्ठता देखाउनेछु, र तेरै सामुन्ने ‘परमप्रभु’ नाउँको घोषणा गर्नेछु। जसलाई म अनुग्रह गर्न चाहन्छु त्यसलाई म अनुग्रह गर्नेछु। जसलाई म कृपा देखाउन चाहन्छु, त्यसलाई म कृपा देखाउनेछु।” अनि उहाँले भन्नुभयो, “तर तैंले मेरो अनुहार हेर्न सक्दैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्दैन।”
प्रस्थान 33:18-20 पवित्र बाइबल (NERV)
त्यसपछि मोशाले भने, “अब दया गरी मलाई तपाईंको महिमा देखाउनुहोस।” तब परमप्रभुले भन्नुभयो, “म मेरा सबै परिपक्क भलो धर्म तिम्रो अघाडी जानमा लागि गर्नेछु। म ‘यहोवा’ मेरो नाउँ घोषणा गर्ने छु, किनभने म परिपक्क कल्याण कार्य र प्रेम आफूले मन पराएको मानिसअघि देखाउने छु। तर तिमीले मेरो अनुहारलाई हेर्न असमर्थ हुनेछौ। कुनै पनि मानिसले मलाई हेर्न सक्दैन अनि जिउँदो रहन सक्दैन।”
प्रस्थान 33:18-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशाले बिन्ती गरे, “कृपा गरी मलाई तपाईंको उपस्थितिको चम्किलो ज्योति देखाउनुहोस्।” परमप्रभुले उत्तर दिनुभयो, “म मेरो सारा गौरव तेरो सामुबाट पार गराउनेछु र तेरो अघि आफ्नो पवित्र नाम उच्चारण गर्नेछु। म परमप्रभु हुँ र मैले चुनेकाहरूलाई म आफ्नो करुणा र दया देखाउँछु। म तँलाई मेरो अनुहार हेर्न दिनेछैनँ किनभने कोही पनि मेरो मुहार हेरेपछि जिउँदो रहन सक्दैन।