प्रस्थान 15:12-18
प्रस्थान 15:12-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंले आफ्नो दाहिने बाहुली पसार्नुभयो, र पृथ्वीले उनीहरूलाई निलिहाल्यो। “तपाईंले छुटकारा गर्नुभएका मानिसहरूलाई तपाईंले आफ्नो नचुक्ने प्रेममा डोर्याउनुहुनेछ। तपाईंले आफ्नो शक्तिद्वारै तिनीहरूलाई आफ्नो पवित्र वासस्थानमा अगुवाइ गर्नुहुनेछ। जातिहरूले सुन्नेछन् र काम्नेछन्। पलिश्त देशमा वास गर्नेहरूलाई पीडाले पक्रनेछ। एदोमका अधिपतिहरू भयभीत हुनेछन्, मोआबका नेताहरूलाई कम्पले पक्रनेछ। कनानका सारा बासिन्दाहरू पग्लनेछन्, डर र त्रास उनीहरूमाथि पर्नेछ। हे प्रभु, तपाईंका प्रजा पार नहोउञ्जेल, तपाईंले किन्नुभएका प्रजा पार नहोउञ्जेल तपाईंका पाखुराको शक्तिले उनीहरू पत्थरझैँ अचल रहनेछन्। तपाईंले तिनीहरूलाई ल्याएर तपाईंको आफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ— त्यसै ठाउँमा, हे परमप्रभु, जो तपाईंले आफ्नो वासको निम्ति बनाउनुभयो, त्यही पवित्रस्थानमा, हे परमप्रभु, जो तपाईंका बाहुलीहरूले स्थापना गरे। परमप्रभुले सदासर्वदै राज्य गर्नुहुनेछ।”
प्रस्थान 15:12-18 पवित्र बाइबल (NERV)
तपाईं आफ्नो दाहिने बाहुली तेर्साउनु हुन्छ, अनि पृथ्वीलाई नाश गर्नु हुन्छ। तर आफूले बचाएका मानिसहरूलाई तपाईंको दयाले डोर्याउनु हुन्छ। अनि आफ्नो क्षमताले तिनीहरूलाई पवित्र प्रसन्न भूमिमा डोर्याउनु हुन्छ। “अरू राष्ट्रहरूले यो कथा सुन्ने छन् र तिनीहरू डराउने छन्। पलिश्तीका मानिसहरू डरले काम्ने छन्। एदोमका प्रमुखहरू डरले काम्नेछन्, मोआबका प्रमुखहरू डरले काम्नेछन्। कनानीहरूले तिनीहरूको साहस हराउनेछन्। जब मानिसहरूले तपाईंको शक्ति चाल पाउँछन् तिनीहरू भयभीत हुनेछन्। जबसम्म तपाईंका मानिसहरू पार हुँदैनन्, तिनीहरू चट्टान जस्ता हुनेछन्। हे परमप्रभु तपाईंले आफ्नो मानिसहरूलाई आफ्नो पर्वतमा डोर्याउनु हुनेछ। तपाईंले बसोबासो गर्न बनाएको सिंहासनको नजिकमा तिनीहरूलाई तपाईंले बस्न दिनु हुनेछ। “परमप्रभुले सदा-सर्वदाको निम्ति शासन गर्नुहुनेछ।”
प्रस्थान 15:12-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंले दाहिने हात पसार्नुभयो र पृथ्वीले हाम्रा सबै शत्रुहरूलाई निलिहाल्यो। आफ्नो प्रतिज्ञामा विश्वासयोग्य रहनुभएर आफूले बचाउनुभएको प्रजालाई तपाईंले अगुवाइ गर्नुभयो, तिनीहरूलाई तपाईंले आफ्नो शक्तिले तपाईंको पवित्र देशमा डोर्याउनुभयो। जाति-जातिले सुनेका छन् र तिनीहरू डरले काँप्दछन्, पलिश्तीहरू भयभीत भएका छन्। एदोमका अगुवाहरू डरले अति आत्तिएका छन्; मोआबका बलिया मानिसहरू थरथरी काँप्दै छन्; कनानबासीहरूले साहस हराएका छन्। तिनीहरूमा डर र भयले छाएको छ। हे परमप्रभु! तिनीहरूले तपाईंको शक्तिलाई देख्दछन्, तपाईंले दासत्वदेखि छुटाउनुभएका, तपाईंका प्रजाहरू हिँडेर पार नभएसम्म तिनीहरू डरले असहाय भएर उभिरहन्छन्। तपाईंले तिनीहरूलाई ल्याएर आफ्नो पर्वतमा बसाल्नुहुन्छ, त्यो ठाउँ तपाईं परमप्रभुले आफ्नो बासस्थानको निम्ति चुन्नुभएको छ, त्यो पवित्रस्थान, जसलाई तपाईंको आफ्नै हातले बनाउनुभएको छ। परमप्रभु, तपाईं सदासर्वदा राजा भइरहनुहुन्छ।”