YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 15:12-18

प्रस्‍थान 15:12-18 सरल नेपाली

तपाईंले दाहिने हात पसार्नुभयो र पृथ्‍वीले हाम्रा सबै शत्रुहरूलाई निलिहाल्‍यो। आफ्‍नो प्रतिज्ञामा विश्‍वासयोग्‍य रहनुभएर आफूले बचाउनुभएको प्रजालाई तपाईंले अगुवाइ गर्नुभयो, तिनीहरूलाई तपाईंले आफ्‍नो शक्तिले तपाईंको पवित्र देशमा डोर्‍याउनुभयो। जाति-जातिले सुनेका छन् र तिनीहरू डरले काँप्‍दछन्, पलिश्‍तीहरू भयभीत भएका छन्। एदोमका अगुवाहरू डरले अति आत्तिएका छन्; मोआबका बलिया मानिसहरू थरथरी काँप्‍दै छन्; कनानबासीहरूले साहस हराएका छन्। तिनीहरूमा डर र भयले छाएको छ। हे परमप्रभु! तिनीहरूले तपाईंको शक्तिलाई देख्‍दछन्, तपाईंले दासत्‍वदेखि छुटाउनुभएका, तपाईंका प्रजाहरू हिँडेर पार नभएसम्‍म तिनीहरू डरले असहाय भएर उभिरहन्‍छन्। तपाईंले तिनीहरूलाई ल्‍याएर आफ्‍नो पर्वतमा बसाल्‍नुहुन्‍छ, त्‍यो ठाउँ तपाईं परमप्रभुले आफ्‍नो बासस्‍थानको निम्‍ति चुन्‍नुभएको छ, त्‍यो पवित्रस्‍थान, जसलाई तपाईंको आफ्‍नै हातले बनाउनुभएको छ। परमप्रभु, तपाईं सदासर्वदा राजा भइरहनुहुन्‍छ।”

प्रस्‍थान 15 पढ्नुहोस्