YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 12:21-23

प्रस्‍थान 12:21-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब मोशाले इस्राएलका सबै प्रधानहरूलाई बोलाएर तिनीहरूलाई भने, “झट्टै गएर तपाईंहरूका परिवारहरूका निम्ति पशुहरू रोज्नुहोस् र निस्तार चाडको पाठो मार्नुहोस्। हिसपको एउटा झुप्पा लिएर भाँडामा भएको रगतमा चोप्नुहोस्, र केही रगत चौकसका माथिल्‍लो र दुवैतिरका भागमा लगाउनुहोस्। बिहानसम्म आफ्नो घरदेखि कोही पनि बाहिर ननिस्कोस्। जब याहवेह इजिप्टियनहरूलाई प्रहार गर्नलाई यस देशबाट भएर जानुहुनेछ, तब उहाँले चौकसका माथिल्‍ला र दुई छेउका भागहरूमा रगत देख्नुहुनेछ; अनि उहाँले त्यस ढोकालाई नाघेर जानुहुनेछ, र विनाशकर्तालाई नाश गर्न तपाईंहरूका घरमा पस्‍न दिनुहुनेछैन।

शेयर गर्नुहोस्
प्रस्‍थान 12 पढ्नुहोस्

प्रस्‍थान 12:21-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब मोशाले इस्राएलका सबै धर्म-गुरुहरूलाई बोलाउन पठाएर तिनीहरूलाई भने, “गएर आ-आफ्‍नो परिवारअनुसार एउटा-एउटा थुमा निकाल, र निस्‍तार-चाड़का बलिको निम्‍ति मार। हिसपको झुप्‍पा भाँड़ाको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा छ्याप्‍नू। तिमीहरूमध्‍ये कोही पनि बिहानसम्‍म घरको ढोकाबाहिर ननिस्‍कनू। जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकोसको माथिल्‍लो भाग र दुवैतिरका खम्‍बामा रगत देख्‍नुहुनेछ, र त्‍यस ढोकालाई छोड़ेर, निस्‍तार गरी, विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्‍न दिनुहुन्‍न।

शेयर गर्नुहोस्
प्रस्‍थान 12 पढ्नुहोस्

प्रस्‍थान 12:21-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब मोशाले इस्राएलका सबै प्रधानहरूलाई बोलाएर तिनीहरूलाई भने, “झट्टै गएर तपाईंहरूका परिवारहरूका निम्ति पशुहरू रोज्नुहोस् र निस्तार चाडको पाठो मार्नुहोस्। हिसपको एउटा झुप्पा लिएर भाँडामा भएको रगतमा चोप्नुहोस्, र केही रगत चौकसका माथिल्‍लो र दुवैतिरका भागमा लगाउनुहोस्। बिहानसम्म आफ्नो घरदेखि कोही पनि बाहिर ननिस्कोस्। जब याहवेह इजिप्टियनहरूलाई प्रहार गर्नलाई यस देशबाट भएर जानुहुनेछ, तब उहाँले चौकसका माथिल्‍ला र दुई छेउका भागहरूमा रगत देख्नुहुनेछ; अनि उहाँले त्यस ढोकालाई नाघेर जानुहुनेछ, र विनाशकर्तालाई नाश गर्न तपाईंहरूका घरमा पस्‍न दिनुहुनेछैन।

शेयर गर्नुहोस्
प्रस्‍थान 12 पढ्नुहोस्

प्रस्‍थान 12:21-23 पवित्र बाइबल (NERV)

यसर्थ मोशाले सबै बूढा-प्रधानहरूलाई बोलाए। मोशाले तिनीहरूलाई भने, “तिमीहरूका परिवारका निम्ति थुमाहरू ल्याऊ र निस्तारको निम्ति थुमाहरू मार। हिसपको झुप्पा लेऊ अनि रगतले भरिएको भाँडामा डुबाऊ अनि ढोकाको चौकटकोमाथि तथा वरिपरि लगाऊ। बिहान नहुञ्जेल कसैले पनि घर छाडनु हुँदैन। जब परमप्रभु मिश्रमा पहिला जन्मेको छोराहरूलाई मार्न जानुहुनेछ अनि ढोकाका फल्याक अनि खाम्बाहरूमाथि रगत पोतेको देख्नु हुनेछ। तब परमप्रभुले त्यस घरलाई रक्षा गर्नु हुनेछ। उहाँ ती ढोकाद्वारबाट जाँदा परमप्रभुले विनाशक शक्ति ती घरहरूमा पसेर नाशगर्नबाट रोक्नुहुनेछ।

शेयर गर्नुहोस्
प्रस्‍थान 12 पढ्नुहोस्

प्रस्‍थान 12:21-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मोशाले इस्राएलका सबै नाइकेहरूलाई बोलाएर भने, “तिमीहरू हरेकले एउटा भेडा वा बाख्राको पाठो छानेर मार्नू र तिम्रा परिवारहरूले निस्‍तार-चाड मनाउन सकून्। हिसपको एउटा सानो स्‍याउलो लेओ, त्‍यसलाई पाठोको रगतको भाँडोमा चोब र तिम्रो घरका ढोकामा खम्‍बा र ढोका मास्‍तिर रगत पोतिदेओ। बिहानसम्‍म घरबाट कोही पनि बाहिर निस्‍कनेछैन। जब परमप्रभु मिश्रीहरूलाई मार्नलाई मिश्रका बीचबाट भएर जानुहुनेछ, उहाँले तिम्रा दैलाका खम्‍बाहरू र चौकोसमाथि रगत देख्‍नुहुनेछ र मृत्‍युको दूतलाई तिम्रा घरमा पस्‍न र तिमीहरूलाई मार्न दिनुहुनेछैन।

शेयर गर्नुहोस्
प्रस्‍थान 12 पढ्नुहोस्