यसर्थ मोशाले सबै बूढा-प्रधानहरूलाई बोलाए। मोशाले तिनीहरूलाई भने, “तिमीहरूका परिवारका निम्ति थुमाहरू ल्याऊ र निस्तारको निम्ति थुमाहरू मार। हिसपको झुप्पा लेऊ अनि रगतले भरिएको भाँडामा डुबाऊ अनि ढोकाको चौकटकोमाथि तथा वरिपरि लगाऊ। बिहान नहुञ्जेल कसैले पनि घर छाडनु हुँदैन। जब परमप्रभु मिश्रमा पहिला जन्मेको छोराहरूलाई मार्न जानुहुनेछ अनि ढोकाका फल्याक अनि खाम्बाहरूमाथि रगत पोतेको देख्नु हुनेछ। तब परमप्रभुले त्यस घरलाई रक्षा गर्नु हुनेछ। उहाँ ती ढोकाद्वारबाट जाँदा परमप्रभुले विनाशक शक्ति ती घरहरूमा पसेर नाशगर्नबाट रोक्नुहुनेछ।
प्रस्थानको पुस्तक 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थानको पुस्तक 12:21-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू