एफिसी 5:30-33
एफिसी 5:30-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने हामी उहाँका शरीरको अङ्ग हौं। “यसकारण मानिसले आफ्ना आमा-बुबालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।” यो एउटा गम्भीर रहस्य हो, अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु। जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्।
एफिसी 5:30-33 पवित्र बाइबल (NERV)
किनकि हामी उहाँको शरीरका अङ्ग हौं। धर्मशास्त्रले भन्छ, “त्यसैले मानिसले आफ्ना माता-पितालाई छोड्छ र आफ्नो पत्नीसित मिल्दछ र ती दुइ एक हुन्छन्।” यो गुप्त सत्यता खुबै महत्वपूर्ण छ। मलाई लाग्छ यसको अभिप्राय ख्रीष्ट र मण्डलीसित छ। तर तिमीहरू प्रत्येकले आफ्नो पत्नीलाई प्रेम गर्नु पर्छ जस्तो आफूले आफैंलाई प्रेम गर्छ। अनि पत्नीले पनि आफ्नो पतिलाई आदर गर्नु पर्छ।
एफिसी 5:30-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि हामी उहाँका शरीरका अङ्गहरू हौँ। “यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्।” यो एक अति गहन रहस्य हो, तर मैले ख्रीष्ट र मण्डलीबारे कुरा गरिरहेको छु। हरेकले आफ्नी पत्नीलाई आफैँलाई झैँ प्रेम गरोस्, र पत्नीले आफ्ना पतिको आदर गरोस्।
एफिसी 5:30-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने हामी उहाँकै शरीरका अङ्ग हौं। धर्मशास्त्रले भन्दछ, “यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्नेछ र स्वास्नीसँग मिल्नेछ अनि उनीहरू दुवै एउटै शरीर हुनेछन्।” यो ठूलो रहस्यको कुरो हो। यही कुरा ख्रीष्ट र मण्डलीको सम्बन्धमा पनि लागु हुन्छ। तर यो तिमीहरूमा पनि लागु हुन्छ। त्यसो हुँदा सबै लोग्नेहरूले आ-आफ्ना स्वास्नीलाई आफैंलाई झैँ माया गर्नुपर्छ अनि सबै स्वास्नीहरूले आ-आफ्ना लोग्नेलाई आदर गर्नुपर्छ।